काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
५१ पटक हेरिएको
Shares
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

सारांश

  • काठमाडौँ, १५ जेठ ।
  • नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

काठमाडौँ, १५ जेठ । नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

“नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलतापश्चात नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो”, विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसले नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढेको बताएको छ ।

नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने कां्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबदेखि यातायात समिति, संघको नवीकरण नहुने
अबदेखि यातायात समिति, संघको नवीकरण नहुने
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते
कहाँ–कहाँ भयो कांग्रेस र माओवादीको तालमेल ?
कहाँ–कहाँ भयो कांग्रेस र माओवादीको तालमेल ?
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ
यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली
यो सरकार असफल भए हामी पनि सकिन्छौँः प्रम ओली
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)