बिरामी भेट्न जाँदा ध्यान दिनुस् है नत्र…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बिरामी भेट्न जाँदा ध्यान दिनुस् है नत्र…

सारांश

  • काठमाडौं – तपाईँ अस्पतालमा उपचारत आफन्तलाई भेट्न बुकी वा केही खानेकुरा बोकेर जानुहुन्छ होला।
  • त्यहाँ बिरामीलाई अंकमाल गरेर, छामेर वा छोएर ढाडस दिने पनि गर्नुहुन्छ कि ’ गार्ड, नर्स वा स्वास्थ्यकर्मीले अवरोध गरे भने भनसुन वा जरबजस्ती गरेरै भए पनि बिरामीलाई भेट्नुहुन्छ होला ।
  • अस्पतालमा दैनिक हुने यस्ता घटना हामीलाई सामान्य लाग्न सक्छ ।

काठमाडौं – तपाईँ अस्पतालमा उपचारत आफन्तलाई भेट्न बुकी वा केही खानेकुरा बोकेर जानुहुन्छ होला। त्यहाँ बिरामीलाई अंकमाल गरेर, छामेर वा छोएर ढाडस दिने पनि गर्नुहुन्छ कि ’ गार्ड, नर्स वा स्वास्थ्यकर्मीले अवरोध गरे भने भनसुन वा जरबजस्ती गरेरै भए पनि बिरामीलाई भेट्नुहुन्छ होला ।

अस्पतालमा दैनिक हुने यस्ता घटना हामीलाई सामान्य लाग्न सक्छ । तर यस्तै सामान्य कारणले एउटा रोगको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीनाई नयाँ भाइरस वा ब्याक्टेरिया संक्रमण भएर ज्यानै जाने घटना बढेका छन् ।

बिरामीका शुभेच्छुक, कुरुवा, चिकित्सक, स्वास्थ्यर्कीबाट हुने यस्ता सामान्य हेलचेक्रयाइँका कारण बिरामीको अस्पताल बसाई लम्बिन्छ, उचार खर्च बढ्छ र मृत्युसमेत हुन सक्छ ।

अस्पतालमा कुरुवा र उपचारमा संलग्न जनशक्तिले बारम्बार हात धुने, अस्पतालजन्य फोहोर व्यवस्थापन, मास्क तथा पन्जाको सदुपयोग, नियमित सरसफाइदेखि उपचार प्रक्रियामा हुने त्रुटिले यस्ता घटना बढेको चिकित्सक बताउँछन । अस्पतालका शौचालय, क्यान्टिन, भर्याङ, करिडोरबाट पनि संक्रमणको जोखिम हुन्छ ।

आजको नागरिक दैनिकमा दीपक दाहालले यो खबर लेखेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?