ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको पनि सहभागिता थियो ।
  • स्रोतकाअनुसार प्रचण्डसँग छलफल गर्नुपुर्व ओलीले नेता नेपालसँग छलफल गरेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको पनि सहभागिता थियो । स्रोतकाअनुसार प्रचण्डसँग छलफल गर्नुपुर्व ओलीले नेता नेपालसँग छलफल गरेका थिए । त्यसपछि प्रचण्डसहितको छलफलमा ओली जुटेका थिए । करिब तीन घण्टा भएको छलफलमा पार्टी एकतालाई तत्काल टुँगो लगाउने समझदारी भएको छ ।

शीर्ष नेताहरुबीचको विवादका कारण सचिवालय बैठक केही दिन ढिला सारिएको थियो । सचिवालय बैठक अब भोलि विहान बस्ने बुझिएको छ । नेता त्रयबीचको छलफलबारे जानकारी दिँदै एक नेताले भने, ‘आजको बालुवाटारमा भएको छलफलमा उहाँहरु बीच समग्रमा कसरी जाने भन्ने विषयमा छलफल भएको छ । उहाँहरु सहमति पालना गर्दै मिलेर जाने कुरा भएको छ।’

अध्यक्ष प्रचण्डले आफू र ओलीले सरकारको नेतृत्व आलोपालो चलाउने भनेर अभिव्यक्ति दिएपछि उत्पन्न राजनीतिक तरंगलाई मध्यनजर गर्दै ओलीले आजको छलफल डाकेको बुझिएको छ । पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा प्रचण्डले आफू र ओलीबीच सरकारको नेतृत्वपनि आलोपालो चलाउने सहमति भएको खुलासा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमितको उपचारका लागि ६ दिनमै चीनले कसरी बनाउँछ अस्पताल ?
कोरोना संक्रमितको उपचारका लागि ६ दिनमै चीनले कसरी बनाउँछ अस्पताल ?
देउवा मन्त्रिपरिषद् सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट
सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !
सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम

तपाईंले छुटाउनुभयो कि?