नाकामा सेना राखेर उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २४, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने भएको छ ।
  • लगातारको निषेधाज्ञाले जनजीवन निकै प्रभावित भएपछि खुकुलो गर्न लागिएको हो ।
  • यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बैठक बसेपछि गृह मन्त्रालयमा छलफल समेत गरेका छन् ।

उपत्यकामा निषेधाज्ञा खुकुलो गरिने भएको छ । लगातारको निषेधाज्ञाले जनजीवन निकै प्रभावित भएपछि खुकुलो गर्न लागिएको हो । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बैठक बसेपछि गृह मन्त्रालयमा छलफल समेत गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेको संयुक्त बैठक बसेको थियो । उनीहरुले जनप्रनितिनिधि लगायत सुरक्षासम्वद्ध अधिकारीहरुको सुझावका आधारमा निष्कर्ष निकालेको बुझिएको छ । त्यसपछि गृह मन्त्रालय पुगेर त्यसबारे रिपोर्ट गरेका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार प्रजिअत्रयले आजसम्ममा निर्णय लिने भएका छन् । बुधबार मध्यरातबाट निषेधाज्ञाको अवधि सकिदैछ । त्यसका लागि थप्ने कि नथप्नेबारे छलफल भएको हो । कोरोना भाइरसको रोकथामका लागि निषेधाज्ञा जारी गरिएपनि भोकमरीको खतरा बढेको छ । रोगले भन्दा भोकले मृत्यु हुने भन्दै सर्वत्र निषेधाज्ञा खोल्न दबाब बढ्न थालेको छ । विश्वस्त स्रोतका अनुसार बिहिबारबाट लागू हुने गरी निषेधाज्ञा पूर्ण रुपमा नहटेपनि खुकुलो हुनेछ । सवारी साधान जोर बिजोरका अलावा पसल व्यवसाय खोल्ने समय थपिनेछ ।

सीमा नाकामा भने सेना परिचालनको सुझाव दिइएको छ । नाकामा सेना परिचालन गरेर चेकजाँच कडाई गर्न सुझाव दिइसकिएको छ । यसअघि उपत्यका मेयर फोरमले पनि नाकामा सेना परिचालन गरी कडाई गर्न सुझाव दिएको थियो । यातायातमा जोर बिजोर, उद्दोग व्यवसाय सञ्चालन गर्न दिएपनि रोकथामको उपाय अपनाउनुपर्नेलगायतको सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?