पेरुमाथि कोलम्बियाको फराकिलो जित
सारांश
- एजेन्सी ।
- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाले पेरुमाथि फराकिलो जित निकालेको छ ।
- आइतबार राति भएको खेलमा कोलम्बियाले १० खेलाडीमा सिमित पेरुलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाले पेरुमाथि फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा कोलम्बियाले १० खेलाडीमा सिमित पेरुलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पेरुको घरेलु मैदानमा कोलम्बियालाई जित दिलाउन माटिउस उरिबेले दुई गोल गरे । यस्तै डूभान जापटाले एक गोल गरे । खेलको दोस्रो हाफमा योसिमार योटुनले रातो कार्ड पाउँदा पेरु १० खेलाडीमा समेटिएको थियो । अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको तयारीका लागि कोलम्बियाले पेरुसँग मैत्रीपूर्ण खेल खेलेको हो । मैत्रीपूर्ण खेल अन्तर्गत नै मेक्सिकोले इक्वेडरलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
त्यस्तै पाराग्वेले ग्वाटेमालालाई २० ले हराएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया