महत लक्षित बम विष्फोटको कांग्रेसद्वारा निन्दा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
५१ पटक हेरिएको
Shares
महत लक्षित बम विष्फोटको कांग्रेसद्वारा निन्दा

सारांश

  • काठमाडौं, १ मंसिर।
  • नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनीमा प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा पूर्व मन्त्री रामशरण महतमाथि लक्षित गर्दै गराइएको बम विष्फोटको निन्दा गरेको छ।
  • नुवाकोटको ककनीमा रामशरण महतसहित क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै शुक्रबार बिहान बम विष्फोट गराइएको थियो।

काठमाडौं, १ मंसिर। नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनीमा प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा पूर्व मन्त्री रामशरण महतमाथि लक्षित गर्दै गराइएको बम विष्फोटको निन्दा गरेको छ।

नुवाकोटको ककनीमा रामशरण महतसहित क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै शुक्रबार बिहान बम विष्फोट गराइएको थियो। सो घटनामा ६ जना घाइते भएका थिए।

ककनी गाउँपालिका वडा नं. ५ काउथेथाना नजिक प्रेसरकुकर बम विष्फोट गरिएको थियो । उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका थिए। घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”

नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको जनाउदै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Achyut Khatiwada

    सबै कार्यकर्ता मात्र लच्छित गरे जस्तो पो छ त..विपक्षीलाई यस्तो कार्यको आवश्यकता छ र भन्या..योत यसो मिलाए जस्तोपो….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?
प्रचण्डलाई किन एक्लै भेट्न चाहे चिनियाँ राष्ट्रपतिले ?
सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८, आज थपिए २१३
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८, आज थपिए २१३
बहालवाला मन्त्रीलाई भारी मतले हराउँदै छविलाल विश्वकर्मा विजयी
बहालवाला मन्त्रीलाई भारी मतले हराउँदै छविलाल विश्वकर्मा विजयी
स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल व्यवसायमा
स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल व्यवसायमा
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’
घरबाट सिधै नदीमा दिसा पिसाव पाे ?
घरबाट सिधै नदीमा दिसा पिसाव पाे ?
प्रतिनिधिसभा बैठक : विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग
प्रतिनिधिसभा बैठक : विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग
नेपाल भारत सीमा विवाद विश्वका यी सञ्चारमाध्यममा
मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी