कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत

सारांश

  • नेपाल विद्युत प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङ आफ्नो क्षेत्रमा सफल भइसकेको नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताए ।
  • एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा बोल्दै बस्नेतले कुलमान घिसिङको नभएर कुलमानप्रतिको सद्भाव र जनलहरलाई दुरुपयोग गर्न सक्ने प्रवृत्तिको मात्रै विरोध गरेको दावी गरे ।
  • कार्यक्रममा बोल्दै कुलमान जत्तिको सफल हुन आगामी दिनमा बन्ने जो–सुकै प्रवन्ध निर्देशकलाई पनि चूनौति रहेको बताए ।

नेपाल विद्युत प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङ आफ्नो क्षेत्रमा सफल भइसकेको नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताए । एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा बोल्दै बस्नेतले कुलमान घिसिङको नभएर कुलमानप्रतिको सद्भाव र जनलहरलाई दुरुपयोग गर्न सक्ने प्रवृत्तिको मात्रै विरोध गरेको दावी गरे । कार्यक्रममा बोल्दै कुलमान जत्तिको सफल हुन आगामी दिनमा बन्ने जो–सुकै प्रवन्ध निर्देशकलाई पनि चूनौति रहेको बताए ।

आफुले कुलमानको विषयमा मात्रै नभई सबै क्षेत्रका विकृति प्रति आवाज उठाउने गरेको बस्नेतको भनाई छ । एनसेल प्रकरण, सिक्टा सिचाई, सेना भित्रको विकृति र भन्सारमा हुने गरेका अनियमिततामा पनि आफुले सधै आवाज उठारहेको उनले दावी गरे ।

आफुले विरोध गरेका हरेक विषय एक दिन यथार्थमा परिणत हुने दावी गर्दै विद्युत प्राधिकरणको विषयसँग जोडिएर घिसिङको विरोध गरेको प्रसंगलाई उनले सतही रुपमा नबुझ्न आग्रह गरे । दुई तिहाईको सरकार भएका कारण सबै क्षेत्रमा सरकारले जे पनि गर्न सक्छ भन्ने भ्रम नराख्न पनि बस्नेतको आग्रह छ । सरकार विधिसम्मत चलेको उल्लेख गर्दै उनले दुई तिहाईकै सरकारले सबैभन्दा बढि आलोचना खेपिरहेको पनि बताए । यद्यपी जस्तोसुकै आलोचना भएपनि सरकार देश विकासको पथमा विचलित नहुने उनको भनाई छ ।

(https://bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?