सलमान खानको इदमा अर्को धमाका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सलमान खानको इदमा अर्को धमाका

सारांश

  • मुम्बई, १० जेठ ।
  • बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र रेस ३ को अर्को गीत शुक्रबार रिलीज हुने भएको छ ।
  • बहुप्रतिक्षित चलचित्र रेस ३ को अर्को रोमान्टीक गित ‘सेल्फीस’ शुक्रबार रिलीज हुने भएको हो ।

मुम्बई, १० जेठ । बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र रेस ३ को अर्को गीत शुक्रबार रिलीज हुने भएको छ ।

बहुप्रतिक्षित चलचित्र रेस ३ को अर्को रोमान्टीक गित ‘सेल्फीस’ शुक्रबार रिलीज हुने भएको हो ।

गित सलमान खान आफैले लेखेका भएर पनि यसलाई खास मानिएको छ । गितमा संगित विशाल मिश्रले दिएका हुन् भने कोरियोग्राफर रेमो डिसुजा हुन् । जुन गित आतिफ अस्लाम र लुलिया वन्तुरले गाएका छन् ।

सलमान र लुलिया असल मित्र भएकाले र आफैले गित लेखेको भएर सलमानले अर्को भर्जनमा सोही गित गाउने धेरैले टिप्पणी गरेका छन् । लुलियाले सलमानको गित मे हुँ हिरो तेरा फिमेल भर्जनमा गाएर सन्सनी मच्चाएकि थिइन । भने सुल्तानको जग घुमिया सलमानसँगै गाएकि थिइन । यो बाहेक उनको हिमेश रेशमियासँग एकल गित सार्वजनिक भैसकेकोे छ ।

सबै कुरा एकातिर र सत्य अर्कोतिर , लुलियालाई सुर र तालको ज्ञान जति भए पनि उच्चारणमा भने पक्कै कमजोरी छ । भाषाको ज्ञान नभै र संगीतको मर्म नबुझि रोमान्टिक गित कसरी गाइने हो त्यो भने हेर्न बाँकि विषय हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?