कुलमान घिसिङ सफल भइसक्नु भयोः महेश बस्नेत
सारांश
- नेपाल विद्युत प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङ आफ्नो क्षेत्रमा सफल भइसकेको नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताए ।
- एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा बोल्दै बस्नेतले कुलमान घिसिङको नभएर कुलमानप्रतिको सद्भाव र जनलहरलाई दुरुपयोग गर्न सक्ने प्रवृत्तिको मात्रै विरोध गरेको दावी गरे ।
- कार्यक्रममा बोल्दै कुलमान जत्तिको सफल हुन आगामी दिनमा बन्ने जो–सुकै प्रवन्ध निर्देशकलाई पनि चूनौति रहेको बताए ।
नेपाल विद्युत प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङ आफ्नो क्षेत्रमा सफल भइसकेको नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताए । एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा बोल्दै बस्नेतले कुलमान घिसिङको नभएर कुलमानप्रतिको सद्भाव र जनलहरलाई दुरुपयोग गर्न सक्ने प्रवृत्तिको मात्रै विरोध गरेको दावी गरे । कार्यक्रममा बोल्दै कुलमान जत्तिको सफल हुन आगामी दिनमा बन्ने जो–सुकै प्रवन्ध निर्देशकलाई पनि चूनौति रहेको बताए ।
आफुले कुलमानको विषयमा मात्रै नभई सबै क्षेत्रका विकृति प्रति आवाज उठाउने गरेको बस्नेतको भनाई छ । एनसेल प्रकरण, सिक्टा सिचाई, सेना भित्रको विकृति र भन्सारमा हुने गरेका अनियमिततामा पनि आफुले सधै आवाज उठारहेको उनले दावी गरे ।
आफुले विरोध गरेका हरेक विषय एक दिन यथार्थमा परिणत हुने दावी गर्दै विद्युत प्राधिकरणको विषयसँग जोडिएर घिसिङको विरोध गरेको प्रसंगलाई उनले सतही रुपमा नबुझ्न आग्रह गरे । दुई तिहाईको सरकार भएका कारण सबै क्षेत्रमा सरकारले जे पनि गर्न सक्छ भन्ने भ्रम नराख्न पनि बस्नेतको आग्रह छ । सरकार विधिसम्मत चलेको उल्लेख गर्दै उनले दुई तिहाईकै सरकारले सबैभन्दा बढि आलोचना खेपिरहेको पनि बताए । यद्यपी जस्तोसुकै आलोचना भएपनि सरकार देश विकासको पथमा विचलित नहुने उनको भनाई छ ।
प्रतिक्रिया