एक तिहाई मन्त्री फेरिने महेश बस्नेतको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
एक तिहाई मन्त्री फेरिने महेश बस्नेतको खुलासा

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले नेपालमा राजसंस्थाको भविष्यबारे नयाँ खुलासा गरेका छन् ।
  • मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
  • त्यस्तै बस्नेतले पार्टीको आगामी महाधिवेशन अघि मतदानबाट नेतृत्वको टुँगो नलाग्ने पनि दाबी गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले नेपालमा राजसंस्थाको भविष्यबारे नयाँ खुलासा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै बस्नेतले पार्टीको आगामी महाधिवेशन अघि मतदानबाट नेतृत्वको टुँगो नलाग्ने पनि दाबी गरे । उनले आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि केही दिनमात्रै चर्चा भएको र स्वयम प्रचण्डले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेर द्धिविधा प्रष्ट्याएको दाबी गरे ।

उनले मन्त्रिमण्डल पनि छिट्टै पूनर्गठन हुने जानकारी दिए । बस्नेतका अनुसार राम्रो काम गर्ने मन्त्रीहरुलाई यथावत राख्ने र नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने ओलीको तयारी छ । प्रधानमन्त्रीले यो मन्त्रीमण्डलमा रहेका एक तिहाई मन्त्री फेरिने बस्नेतले अड्कल गरे । प्रधानमन्त्रीको युरोप भ्रमण र बजेट पास भएपछि शसक्त टिम सहितको मन्त्रीमण्डल पूनर्गठन हुने उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै उनले सरकार असफल भएको भन्नेहरुको भ्रम मात्रै भएको दावी गरे । कांग्रेसले जति पनि सरकार विरोधी अभिव्यक्ति दिइरहेको त्यो सबै प्रतिपक्षीको धर्म मात्रै निर्वाह गरेको उनको भनाई छ ।

कांग्रेसले वैचारिक सिद्धान्तको साटो सडकमा उत्रिएका भिडहरुको सेन्टिमेन्ट क्यास गर्न मात्रै लागेको बस्नेतले आरोप लगाए ।

यो पनि पढ्नुस्
कुलमान घिसिङ सफल भइसक्नु भयो

नेपाल विद्युत प्राधिकरण प्रवन्ध निर्देशक कुलमान घिसिङ आफ्नो क्षेत्रमा सफल भइसकेको नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताए । एभिन्यूज टेलिभिजनको एक कार्यक्रममा बोल्दै बस्नेतले कुलमान घिसिङको नभएर कुलमानप्रतिको सद्भाव र जनलहरलाई दुरुपयोग गर्न सक्ने प्रवृत्तिको मात्रै विरोध गरेको दावी गरे । कार्यक्रममा बोल्दै कुलमान जत्तिको सफल हुन आगामी दिनमा बन्ने जो–सुकै प्रवन्ध निर्देशकलाई पनि चूनौति रहेको बताए ।

आफुले कुलमानको विषयमा मात्रै नभई सबै क्षेत्रका विकृति प्रति आवाज उठाउने गरेको बस्नेतको भनाई छ । एनसेल प्रकरण, सिक्टा सिचाई, सेना भित्रको विकृति र भन्सारमा हुने गरेका अनियमिततामा पनि आफुले सधै आवाज उठारहेको उनले दावी गरे ।

आफुले विरोध गरेका हरेक विषय एक दिन यथार्थमा परिणत हुने दावी गर्दै विद्युत प्राधिकरणको विषयसँग जोडिएर घिसिङको विरोध गरेको प्रसंगलाई उनले सतही रुपमा नबुझ्न आग्रह गरे । दुई तिहाईको सरकार भएका कारण सबै क्षेत्रमा सरकारले जे पनि गर्न सक्छ भन्ने भ्रम नराख्न पनि बस्नेतको आग्रह छ । सरकार विधिसम्मत चलेको उल्लेख गर्दै उनले दुई तिहाईकै सरकारले सबैभन्दा बढि आलोचना खेपिरहेको पनि बताए । यद्यपी जस्तोसुकै आलोचना भएपनि सरकार देश विकासको पथमा विचलित नहुने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
कोरियामा रहेका नेपाली कामदार सुरक्षित, नेपाल फर्किने क्रम सुरु
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
एथ्लेटिक्समा नेपाललाई कास्य पदक
एथ्लेटिक्समा नेपाललाई कास्य पदक
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
सुन प्रकरणमा थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा दिइयो
सुन प्रकरणमा थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा दिइयो