मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
२० पटक हेरिएको
Shares
मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ

सारांश

  • सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र डिएपी मल खरीद गर्ने भएको छ ।
  • यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।
  •  सोही बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ ।

सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र डिएपी मल खरीद गर्ने भएको छ । यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो । सोही बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ । सिफारिस भएका राजदूतमा डा वंशीधर मिश्र (बङ्गलादेश), डा नारदनाथ भारद्वाज (कतार), महेशराज दाहाल (अष्ट्रेलिया) र दावा फुटी शेर्पा (स्पेन) का लागि हुनुहुन्छ । बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्य्विधि, २०७६ र सार्वजनिक खरीद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने इन्टरनेट सेवाको मूल्य समायोजन गरेको छ ।

सरकारका प्रवक्ता बाँस्कोटाका अनुसार धितोपत्र रजत जयन्ती, शिख धर्मका संस्थापक गुरु नानकको जन्म जयन्ती र वाङ्यम शताब्दी पुरुष सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा स्मारिका सिक्का टक्मारी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइएको छ ।

बैठकले एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ भने काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय गरेको छ । रासस

यो पनि पढ्नुस्
लालबाबु पण्डितलाई कारवाहीको माग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमाशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिएको भन्दै मन्त्री पण्डितलाई कारवाही गर्न माग गरेका हुन् । अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधान विपरित अभिव्यक्ति दिदै हिड्ने मन्त्रीलाई कारवाहीको दायरामा ल्याउन सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेरका छन् । उनले रुलिङको माग समेत गरे । समानुपातिक समावेशीतालाई उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कारवाही हुनु पर्ने उनको भन ाई छ । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई कारवाहीको घेरामा ल्याउनै पर्ने अगरियाको जिकिर छ ।

सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित आएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएको टिप्पणी गरे । अर्का सांसद प्रदीप यादवले लालबाबुको नाम नलिइ जथाभावी अभिव्यक्ति दिने साइकलमन्त्रीलाई लगाम लगाउन माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?