प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले सरकार निर्वाचन गर्ने नाममा संविधानविपरीतको कदमतर्फ उदृढ भएको आरोप लगाए ।
  • उनले भने, “प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छ ।
  • भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले सरकार निर्वाचन गर्ने नाममा संविधानविपरीतको कदमतर्फ उदृढ भएको आरोप लगाए । उनले भने, “प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छ । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । सरकारले नयाँ शिक्षा ऐन नल्याउँदा लाखौँ विद्यार्थी अन्योलमा छन् । सङ्घीयताअनुरुपको शिक्षा ऐन ल्याइयोस् ।”

जनता समाजवादी पार्टीका शेखरकुमार सिंहले आफ्नो पार्टीले घोषणा भएदेखि नै संविधान संशोधनका लागि माग गर्दै आएको जनाए । पूर्वाधार निर्माणका काम सरकारले तीव्रगतिमा अघि बढाउन नसकेको आरोप लगाउँदै उनले भने, “रेलमार्ग छिटो सञ्चालनमा ल्याओस्, युरोप उडानमा लागेको कालोसूची हटाउने काम होस्, धेरै पुरानो सप्तरीको विमानस्थललाई सञ्चालनमा ल्याउन प्रभावकारी प्रयास होस् ।”रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?