झुलाघाट नाका आजदेखि तीनदिनका लागि बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
४० पटक हेरिएको
Shares
झुलाघाट नाका आजदेखि तीनदिनका लागि  बन्द

सारांश

  • नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
  • भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख ९असोज १८ गते० जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।
  • आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा ९पुल० बन्द हुने भएको हो ।

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख ९असोज १८ गते० जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा ९पुल० बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख९असोज २८ गते० दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ ५।१५ बजेदेखि असोज २९ गते साँझ सवा ५।१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागूनेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको कमाण्डमा जिल्लाभरी ३३२ प्रहरी खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । यसका साथै सुरक्षाको लागि उपलब्ध स्रोतसाधन अधिकतम खटिने जनाइएको छ । सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ ।यस्तै पाटन, मेलौली र सदरमुकाम क्षेत्रमा गाडी स्टेण्डबाइ राख्ने र आवश्यक परेमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने सुरक्षा योजनामा समेटिएको छ ।

यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिने बताइएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई अझै प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । मादकपदार्थ ओसारपोसार, बेचबिखन र सेवनलाई नियन्त्रणका लागि सम्बद्ध पक्षसँग समन्वय गरिनेछ ।स्थानीय तह, स्थानीय प्रसासन तथा सम्बद्ध पक्षसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । जिल्लाका पाँच स्थानमा ट्राफिकसहित अन्य १० स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था मिलाइएको छ । दैनिक सात वटा पैदलगस्ती र सीमानाकामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ ।

कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने भएको छ । तीन वटा प्रहरीको टोलीलाई सादा पोशाकमा समेट खटाईएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन नियमित चेकिङ तथा दु्रत परिचालन टोलीसमेत परिचालन गरिएको छ ।सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका पाँच स्थानमा स्वास्थ्यकर्मीसहित यात्रुसहयता कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको   एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
भरतपुर १९ मा ,भोलि (शुक्रबार) हुने मतदान स्थलको एक सय मिटर वरपर निषेधित क्षेत्र घोषणा……..
सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा
सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना