यी लेखिका जो आफ्नै बुवाबाट यौन शोषणमा परिन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
१७ पटक हेरिएको
Shares
यी लेखिका जो आफ्नै बुवाबाट यौन शोषणमा परिन्

सारांश

  • बीबीसी।
  • अमेरिकी नाटककार ईव एनस्लरले १९९० को दशकमा आफ्नो ‘द वजाइना मोनोलाग्स’ नाटकमार्फत निकै चर्चा बटुलिन्।
  • यो नाटकको मञ्चन १४० भन्दा धेरै मुलुकमा गरिएको छ।

बीबीसी। अमेरिकी नाटककार ईव एनस्लरले १९९० को दशकमा आफ्नो ‘द वजाइना मोनोलाग्स’ नाटकमार्फत निकै चर्चा बटुलिन्। यो नाटकको मञ्चन १४० भन्दा धेरै मुलुकमा गरिएको छ। र यसमा महिलाको सहमति र असहमति विनाको यौन अनुभवको कहानीलाई वर्णन गरिएको छ। जहाँ पनि यो नाटकको मञ्चन गरियो, त्यहाँको रुढिवादी मान्यतामाथि प्रहार गरियो र दर्शकलाई हसाउँने र रुवाउने काम पनि गर्यो। एनस्लरको नयाँ कृति ‘द अपलजी’ पनि त्यस्तै प्रकारको हो र उनले दोस्रो तरिकाले दर्शकलाई प्रभावित पार्छिन्। यो एक काल्पनिक किताब हो, जसमा एनस्लरका बुवा उनको नाममा एउटा पत्र लेख्छन् र उनीमाथि गरिएको दुव्र्यवहार र यौन शोषणकालागि माफी माग्छन्। यो दुव्र्यवहार र यौन शोषण उनीमाथि पाँच वर्षको उमेर देखि गरिएको थियो र आफू जिवित हुँदा बुवाले कहिल्यै माफी मागेनन्।

बुवाको निधन भएको कयौं वर्षपछि एनस्लर उनको यो अधुरो काम पूरा गर्छिन्। लेखिका एक महिला अधिकारवादी कार्यकर्ता पनि हुन्। उनले बीबीसी वल्र्ड सर्भिसको रेडियो कार्यक्रम आउटलुकमा कुरा गरिन् र आफूमाथि भएको दुव्र्यवहारको विषयमा जानकारी दिइन्।

आफूमाथि भएको दुव्र्यवहार उनले यसरी सुनाइन्। मलाइ सम्झना भएसम्म म निकै हँसिली थिएँ। म आफ्नो बुवालाई धेरै माया गर्थें। मेरो बुवाको पनि मप्रति लगाव थियो। मैले सुरुमा आफूमाथि के भइरहेको छ भन्ने पनि बुझेको थिइन्। तर मलाइ के थाहा थियो भने केही गडवड भइरहेको छ। केही चीज मेरो शरीरमाथि भइरहेको थियो भने केही चीज मेरो इच्छा विपरित। र, यो सबै मेरा बुवाले गरिरहनु भएको थियो, जसलाई म सबैभन्दा माया गर्थें।

म राम्रो र नराम्रो दुवै अनुवभ गर्थें। कहिले काँही डरलाग्दो अवस्था पनि हुन्थ्यो। मैले के थाहा पाएँ भने केही कुरा ममाथि नहुनुपर्ने पनि भइरहेको थियो। निकै घिन लाग्दो कुरा पनि भइरहेको थियो। मैले एक रात उहाँबाट टाढा भएँ र मरेको जस्तो अभियन गरे। मैले उहाँलाई आफू त्यहाँ नभएको महशुस गराएँ। त्यो रात उहाँ रोकिनु भयो। यो यौन शोषण थियो। त्यो बेला म दश वर्षकी थिएँ। यो कुरा मेरा भाइ र बहिनीलाई थाहा थिएन। तर आमालाई यो विषयमा जानकारी भए नभएको मलाइ थाहा छैन।

धेरै वर्षपछि मैले आमालाई सोध्दा ममाथि भइरहेको शारीरिक शोषणका विषयमा आफूलाई जानकारी भएको बताउनु भयो। मेरी एक जना काकी हुनुहुन्थ्यो। मेरा हजुरआमा पनि हुनुहुन्थ्यो। जसले मेरो हेरचाह गर्थे। उहाँहरुले नै मेरो ज्यान बचाउनु भएको जस्तो लाग्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?