च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
च्याम्पियन्स लिगका आठ खेलमा २७ गोल, मेस्सीको भागमा कीर्तिमानी दुई

सारांश

  • काठमाडौं ।
  • च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल भएका छन् ।
  • खेलमा २७ गोल भएको छ ।

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल भएका छन् । खेलमा २७ गोल भएको छ । जसमा विश्वकै चर्चित खेलाडी लियोनल मेस्सीले २ गोल गरेका छन् ।

मेस्सीकै दुई गोलले बार्सिलोना नकआउट चरणमा पुगेको छ । समूह एफको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ३–१ गोल अन्तरले हरायो । अर्को गोल एन्टोइने ग्रेजम्यानले गरे ।

मेस्सी च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । पाँच पटकका बालोन डेओर विजेता मेस्सीले गोल संख्या ३४ पुर्याएका छन् । उनले युभेन्टसका खेलाडी क्रिष्टियानो रोनाल्डोको ३३ गोलको रेकर्ड तोडेका हुन् ।

५ खेलबाट ११ अंकको बार्सिलोना एक खेलअघि नै नकआउटमा पुगेको हो । अर्को खेलमा स्लाभिया प्रागले घरेलु मैदानमा इन्टर मिलानसंग ३–१ गोल अन्तरको हार बेहोर्यो ।

यो खेलपछि इन्टर र बोरुसियाको ७–७ अंक छ । प्रागको २ अंक छ । अन्तिम खेलको नतिजापछि इन्टर र बोरुसियामध्ये एक टिम नकआउटमा पुग्नेछ ।

समूह ईको खेलमा लिभरपुल र नापोलीले १–१ को बराबरी खेलेका छन् । अर्को खेलमा साल्सबर्गले गेन्कलाई ४–१ गोल अन्तरले हरायो ।

यी खेलपछि लिभरपुलको १०, नापोलीको ९ र साल्सबर्गको ९ तथा गेन्कको १ अंक छ । गेन्कबाहेक तीनै टिमको नकआउटमा पुग्ने सम्भावना छ ।

समूह जीको खेलमा जेनित सेन्ट पिटर्सबर्गले लियोंलाई २–० गोल अन्तरले हरायो । अर्को खेलमा लेप्जिगले बेनेफिकालाई २–२ गोलको बराबरी खेल्यो ।

लेप्जिगको १० तथा जेनित र लियोंको ७–७ अंक छ । बेनेफिकाको ४ अंक छ ।

समूह एचको खेलमा भ्यालेन्सिया र चेल्सीले २–२ को बराबरी खेलेका छन् । लिले आयाक्ससंग २–० गोल अन्तरले पराजित भयो । आयाक्सको १० तथा चेल्सी र भ्यालेन्सियाको ८–८ अंक छ । लिलेको १ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?