नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने-नेपालका लागि चीनका राजदूत यू होङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने-नेपालका लागि चीनका राजदूत यू होङ

सारांश

  • काठमाडौँ, २४ फागुन ‘, एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
  • सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालविवाह, दाइजो, छाउपडीजस्ता कुरीति हटाउनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।
  • नेपालका लागि चीनका राजदूत यू होङले नेपाल चीनबीच लामो सम्बन्ध रहेको र आगामी दिनमा नेपाल र चीनका महिलाबीच पनि सम्बन्ध स्थापना गर्न प्रयास गरिने बताउनुभयो ।

काठमाडौँ, २४ फागुन ‘, एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालविवाह, दाइजो, छाउपडीजस्ता कुरीति हटाउनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत यू होङले नेपाल चीनबीच लामो सम्बन्ध रहेको र आगामी दिनमा नेपाल र चीनका महिलाबीच पनि सम्बन्ध स्थापना गर्न प्रयास गरिने बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, एकीकृत (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसाल, महिला नेत्री, सांसद र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?