४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
१९ पटक हेरिएको
Shares
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु

सारांश

  • हास्य कलाकार जितु नेपालको आइतबार जन्मदिन परेको छ ।
  • विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका नेपाल परिवारको कान्छोे सन्तान हुन् ।
  • टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा डेब्यू गरेका जितुले हास्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि केही सिनेमाहरुमा काम गर्ने अवसर पाएका थिए ।

हास्य कलाकार जितु नेपालको आइतबार जन्मदिन परेको छ । विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका नेपाल परिवारको कान्छोे सन्तान हुन् । टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा डेब्यू गरेका जितुले हास्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि केही सिनेमाहरुमा काम गर्ने अवसर पाएका थिए । त्यहि अवसर मध्येको एक ठूलो अवसर थियो सिनेमा ‘दर्पण छायाँ’ । सिनेमामा सहायक अभिनेताको रुपमा काम गरेपछि जितुले यसबाट सिनेमाको मुख्य कलाकारको जस्तै सम्मान र स्थान पाएका थिए । तुलसी घिमिरेको निर्देशनमा १७ वर्ष अघि बनेको यस सिनेमामा काम गर्न पाउनु करिअरको सुनौलो अवसर भएको उनी बताउँछन् ।

‘दर्पण छायाँ’ भन्दा अगाडि उनले झण्डै १५ वटा सिनेमामा काम गरेका थिए । तर ती सानातिना भूमिका थिए । टेलिभिजनमा ट्वाक्क टुक्क, सँगालो, मुक्ति, गीतान्जली हुँदै ‘जिरे खुर्सानी’सम्मको यात्रा तय गर्दा उनको करिअरले नयाँ मोड लियो । उनलाई ‘जिरे खुर्सानी’मा मुन्द्रेको रुपमा प्रस्तुत हुँदा दर्शकले मन पराए । मुन्द्रेको रुपमा चिनिएसँगै उनलाई देश विदेशमा स्टेज कार्यक्रमहरुको अफर आउन थाल्यो । मुन्द्रे बनेसँगै उनको व्यस्तता पनि उत्तिकै बढ्यो जुन अहिले पनि कायमै छ ।

पछिल्लो समय उनी टेलिसिरियलमा नभएर मुन्द्रको कमेडी क्लब नामक हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यतिबेला उनी सिनेमा छ माया छपक्कैको छायांनमा व्यस्त छन् । उनी सिनेमा छ माया छपक्कैका कार्यकारी निर्माता समेत हुन् । विशेष त हास्य कलाकारहरुको टिमले निर्माण गरेका सिनेमाहरुमा उनको अभिनय रहँदै आएको छ ।

करिअरसँगै व्यक्तिगत जीवनलाई पनि व्यवस्थित गरेर अगाडि लाने कलाकारमा पर्छन् जितु । उनले १६ वर्ष अघि मुना राउत सँग लगनगाँठो कसे । राउतसँग नेपालले परिवारकै सरसल्लाहमा मागि बिहे गरेका हुन् । यो जोडी १३ वर्षीया छोरी र ११ वर्षीय छोराको अभिभावक बनिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?