बाघ संरक्षणमा चुनाैती !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बाघ संरक्षणमा चुनाैती !

सारांश

  • रत्ननगर, ८ असोज ।
  • विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालीको बाघको तथ्याङ्कले संरक्षणमा चुनौती थपिदिएको छ ।
  • बाघ अनुगमनको प्रतिवेदनमा उक्त निकुञ्जमा पाँच वर्षको अन्तरालमा २७ बाघ घटेको पाइएपछि संरक्षणमा चुनौती थपिएको हो ।

रत्ननगर, ८ असोज । विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालीको बाघको तथ्याङ्कले संरक्षणमा चुनौती थपिदिएको छ । बाघ अनुगमनको प्रतिवेदनमा उक्त निकुञ्जमा पाँच वर्षको अन्तरालमा २७ बाघ घटेको पाइएपछि संरक्षणमा चुनौती थपिएको हो । यहाँका संरक्षणकर्मी वन्यजन्तुको वासस्थान विनास हुँदै जानु मुख्य कारण रहेको दाबी गर्छन् । तुलनात्मक रूपले आत्तिहाल्नुपर्ने अवस्था नभए पनि बाघको संरक्षणमा ध्यान दिनु आवश्यक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

“चितवनको क्यामेरामा सन् २०१३को भन्दा अहिले बाघका लागि उचित वातावरण छ , बच्चासमेत १२, १३ वटा छन् तर विभिन्न कारणले वासस्थान नास भइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।” खड्काले भने । आइतबार वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको बाघ अनुगमन प्रतिवेदनमा निकुञ्ज र आसपासका क्षेत्रमा औषत ९३ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । यसपालीको अनुगमनमा देशभर ३७ बाघ बढेर २३५ पुगेको पाइए पनि बाघको उपयुक्त वासस्थान मानिने उक्त निकुञ्जमा सन् २०१३मा १२०बाट २७ बाघ घटेर ९३ मात्रै भेटियो । सन् २००९ मा नेपालमा १२१ र सन् २०१३मा १९८ बाघ थिए । आफ्नो क्षेत्र खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिजर्वमा बाघ गएकाले पनि चितवनमा कम देखिएको दाबी निकुञ्ज विभागको छ ।

निकुञ्ज विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार अघिल्लो वर्षको साउनमा आएको बाढी, प्राकृतिक अवस्था र जुधेर पनि बाघ कम भएको अर्काे कारण हुनसक्छ । “बाघ जोगाउन बासस्थान सुधारमा ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो, अर्काे चुनौती चोरी शिकार पनि हो ।” चितवनमा बाघको क्षमता त्यही ९०देखि १०० कै हाराहारीमा हो। सन् २०१३ मा ‘रिक्याप्चर’ विधिबाट हेर्दा अलिकति बढी सङ्ख्या देखाएको हो की भन्ने लागेको पर्यावरणविद् पौडेलको भनाइ थियो । उक्त निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अहिले वास्तविक तथ्याङ्क आएको भन्दै तुलनात्मक रुपमा बाघ नघटेको बताए । चितवनका संरक्षणकर्मी वासु ढुङ्गाना प्राकृतिक रुपमा वन्जयन्तुको मृत्यु हुने क्रम बढेकाले यसको अनुसन्धान जरुरी रहेको आंैल्याए ।

बाघ, गैंडालगायत वन्यजन्तु नेपालकै सम्पत्ति भएको भन्दै बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जीतु तामाङले वन्यजन्तुको वासस्थान विनास हुँदै गएकामा चिन्ता प्रकट गरे । सङ्ख्यामा मात्रै ध्यान दिने तर वासस्थान संरक्षणमा ध्यान नदिँदा बाघको सङ्ख्या घटेको तामाङको भनाइ थियो । निकुञ्जमा भएको बासस्थानको समस्याले विस्तारै बाघ, गैँडालगायत वन्यजन्तु सामुदायिक वनतर्फ आउन थालेका संरक्षणकर्मीले बताए । चराविज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बेलैमा वन्यवन्तुको वासस्थान संरक्षणमा ध्यान नदिने हो भने संरक्षणमा अझै चुनौती थपिने उल्लेख गरे ।

हाल विश्वका १३ देशमा बाघ पाइन्छ । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाति लोप भइसकेका छन् । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पाटन अस्पताल तनावग्रस्त !!!
डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पाटन अस्पताल तनावग्रस्त !!!
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
सडकमा कोही भोकै हिँड्नुपर्दैन : प्रधानमन्त्री
कामपाले हटायो बाह्र हजार प्रचार सामग्री
कामपाले हटायो बाह्र हजार प्रचार सामग्री
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
रवि जोगाउने प्रधानमन्त्रीको दाउ, कांग्रेस भन्छ- गठबन्धनमै गडबडी हुनसक्छ
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
फागुन १४ गते शुक्रवारको राशिफल यस्तो छ
फागुन १४ गते शुक्रवारको राशिफल यस्तो छ
बीपी स्मृति दिवसमा देउवाले भने ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ’
जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै
जनादेशको सन्देश : पुरानालाई संकट, नयाँ झाँगिँदै
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
पार्टी एकता: एमाले र माओवादी केन्द्रबीच  बिहिबार पार्टी एकता घाेषणा !
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान
इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

तपाईंले छुटाउनुभयो कि?