काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?
सारांश
- काठमाडौं २ असार ।
- एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ ।
- तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ ।
काठमाडौं २ असार । एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदासमेत दिएका छन् ।
काठमाडौँमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ ।
आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया