प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेको छ।
- प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्।
- यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेको छ। प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्। यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।
प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण ढिलाइ भएको थियो।
कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो। कांग्रेसले अवरोध जारी राखेपछि सभामुखले बुधबारसम्मकालागि संसद बैठक स्थगित गरेका छन्।
यो पनि पढ्नुस्
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारीअनुसार अस्पतालमै काम गर्ने रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
उनी अस्पतालका क्लिनर अर्थात् सफाइ कर्मचारी थिइन्। अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको प्रवक्ता बोगटीले बताए।‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ अहिले घटनास्थलमा रहेका डीएसपी बोगटीले नेपालखबरसँग भने, ‘त्यसपछि मात्र घटनाको वास्तविकता बाहिर आउँछ।’अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ। अस्पतालअगाडि सर्वसाधारणको भीड लागेको छ। भीड पन्छाउन प्रहरीलाई हम्मे हम्मे परेको छ।
प्रतिक्रिया