मत सर्वेक्षण गरिए कारबाही हुन्छ : यादव

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मत सर्वेक्षण गरिए कारबाही हुन्छ : यादव

सारांश

  • काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्।
  •   सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिताविपरीत हुने स्पष्ट पारे।
  • निर्वाचन आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ।

काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्।  सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिताविपरीत हुने स्पष्ट पारे।

निर्वाचन आचारसंहितामा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ।

एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आचारसंहिताविपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने जानकारी दिए।

उनले निर्वाचन आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभावपर्ने बताए। प्रमुख आयुक्त डा यादवले निर्वाचन आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणलाई सञ्चारमाध्यममा स्थान नदिनसमेत आम सञ्चारमाध्यमसँग आग्रह गरे।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Prem Pun

    मत सर्वक्षण गर्नु जरूरत छैन बामपंथी ले बहुमत ल्यायो ल्यायो

    Comment Author

    Gb Chettri

    हन केकस्तो हुन्छौ कार्वाइ भन्या आयुक्त जिउ ?.

    Comment Author

    Damodar Dahal

    विश्वका प्रजातान्त्रिक मुलुक जहाँ पनि गर्न पाइन्छ त !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?