गुठी सम्बन्धी विधेयक फिर्ता सकारात्मक : सभापति देउवा
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गुठी विधेयक फिर्ता लिएकोलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको छ।
- तर सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिएको जानकारी संसदबाटै फिर्ता लिनुपर्ने बताए।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गुठी विधेयक फिर्ता लिएकोलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको छ। तर सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिएको जानकारी संसदबाटै फिर्ता लिनुपर्ने बताए। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्दै सभापति देउवाले सरकारले एकपछि अर्को गर्दै विवादस्पद विधेयक संसदमा दर्ता गराएको भन्दै आपत्ति जनाए। सरकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएर स्वतन्त्र प्रेसलाई अंकुश लगाउन खोजेको आरोप लगाए। उनले मिडिया काउन्सिल विधेयक अप्रजातान्त्रिक भएको भन्दै बोल्न, लेख्न र अभिव्यक्ति स्वतन्त्रता विरोधी र प्रजातन्त्रमाथिको आक्रमण भएको दाबी गरे।
उनले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पारित हुन नदिने चेतावनी दिए। हरेक व्यक्तिलाई सूचना माग्ने हक भएको उल्लेख गर्दै त्यसलाई सरकारले रोक्ने काम गरेको भन्दै आपत्ति जनाए। सरकारले माधव अधिकार आयोगमाथि नियन्त्रण गर्न खोजेर सरकारले अधिनायकवाद लाग्न खोजेको आरोप लगाए। देउवा राष्ट्रिय सुरक्षा परिषदको अहिलेको संरचना नै उचित भएको उल्लेख गर्दै त्यसलाई यताउता नगर्न चेतावनी दिए।
सरकारले संसदमा दर्ता गराएका यी विधेयक फिर्ता नलिए आफूहरुले सशक्त विरोध गर्ने र ती विधेयकलाई आफ्नो पार्टीले स्वीकार नगर्ने चेतावनी दिए। प्रतिपक्ष दलको नेताले संसदमा सम्वोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुनुपर्नेमा प्रधानमन्त्रीले आफूहरुलाई हेप्ने काम गरेको आरोप लगाए।
यो पनि पढ्नुस्
एकाएक भीम रावल कसरी ओलीको पक्षमा पुगे ?
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल एकाएक सरकारको कामको बचाउमा उभिएका छन् । केही दिन अघिसम्म रावललाई सरकारको आलोचना गरेरै फुर्सद थिएन । तर, अचानक रावल सरकारको प्रशंसामा उत्रिएका छन् । उनले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउन थालेका छन् । मंगलबार गृहजिल्ला अछामको कमलबजारमा आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खोजिरहेको बताएका थिए ।
उनले पार्टीको जिल्ला तहका कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै नगर, गाउँ तथा वडा कमिटीलाई पूर्णता दिइने र पार्टी सङ्गठन र विकासका गतिविधि प्रभावकारी बनाइने जानकारी दिए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेकपा र उसले नेतृत्व गरेको सरकारले ल्याएका राम्रा नीति र कार्यक्रमबाट प्रमुख विपक्षी दल नेपाली कांग्रेस डराएको आरोप लगाएका थिए ।
लोकसेवा विवादको आज सुनुवाई हुँदै
सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको उक्त विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ ।
आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तय भएको हो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो ।
यो पनि पढ्नुस्
भक्तपुरको फन भ्यालीमा धमिलो पानी प्रयोग
सर्वसाधारणलै भक्तपुरको पलांसेस्थित फन भ्यालीमा धमिलो पानी प्रयोग गरेको गुनासो गरेका छन् । सोमवार फनभ्यालीमा बच्चा लिएर पुगेका सुर्यविननयम –७ का सुभाष श्रेष्ठका अनुसार, धमिलो पानीमा पौडी खेलेका बालबच्चामा एलर्जी देखिएको हो । जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको विषयमा कम्पनिले लापरवाही गरेका कारण आफ्ना बालबच्चामा एदर्जी दैखिएको बताउँदै श्रेष्ठले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
सेयर सदस्यहरु बीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनभ्याली दुई साताअघि मात्रै सञ्चालनमा आएको थियो । भक्तपुरका अलवा, काठमाडौं, ललितपुर र काभ्रे लागायतका जिल्लावासीलाई गर्मी मौसममा उपयुक्त मानिदै आएको फनपार्कले बढी मुनाफा कमाउँने नाममा गुणस्तरहिन पानी प्रयोग गरेपछि स्थानीयले फनपार्कको विकल्प खोज्न थालेका छन् । फनपार्कका एक नियमित ग्राहकका अनुसार, प्रचण्ड गर्मी छल्न चाहने जो कोहिलाई पनि त्यहाँ पुगेर चिसो पानीमा पौडी खेल्ने इच्छा हुनु स्वाभाविक हो । तर, पानीमा खरावी भएपछि पौडी खेल्नु अघि एकपल्ट सोच्नै पर्ने अवस्था आएको छ ।
फनपार्क सञ्चालक डा भोगेन्द्र शर्मा भने पाँचवटा बोरिङ गरेर तीन पटक सम्म फिल्टर गरेको पानी मात्र फनपार्कले प्रयोग गरेको दावी गर्छन् । शर्माले भने, “हाम्रोमा दैनिक एक हजार बढीले पौडी खेल्छन्, त्यसमध्ये एक–दुई जनालाई एर्लजी आउँनु ठुलो कुरा होईन ।”
प्रतिक्रिया