एकसिंगे गैँडा र पाटे बाघ भ्यू–टावरबाट देखाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
५७ पटक हेरिएको
Shares
एकसिंगे गैँडा र पाटे बाघ भ्यू–टावरबाट देखाइने

सारांश

  • रत्ननगर, चितवन, ७ असार ।
  •   पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ ।
  • चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताउनुभयो ।

रत्ननगर, चितवन, ७ असार ।  पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताउनुभयो । दुई वटा भ्यू–टावर भने हालसालै निर्माण भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो ।

हेलिप्याड चौरमा एउटा र खत्री घाटमा अर्काे टावर निर्माण भएको हो । ती दुई वटा क्षेत्र बाघ र गैँडा अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिएको छ । बाघको बासस्थान राम्रो रहेकाले ती क्षेत्रमा टावर बनाइएको हो । केही महिनाअघि खत्री थरका एकलाई सोही स्थानमा बाघले आक्रमण गरेकाले उक्त स्थानको नाम खत्रीघाट राखिएको हो ।
अन्य क्षेत्रमा पनि थप दुई वटा मचान निर्माणको काम जारी छ ।

वन्जयन्तुको अवलोकनसँगै आक्रमणबाट जोगिनसमेत यस्ता टावर र मचान महत्वपूर्ण मानिन्छन् । टावार निर्माणका लागि काठ चितवन निकुञ्जबाट सहयोग स्वरुप उपलब्ध भएको थियो र अन्य कामका लागि रु तीन लाख खर्च भएको थियो ।

टावरबाट वन र वनमा चर्न आएका गैँडा, चित्तल, मृग देख्न सकिन्छ । पाटे बाघ, भालु, तथा मयुर नाचेको दृष्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ । मुख्यगरी पर्या–पर्यटन वृद्धिका लागि भ्यू–टावर बनाइएकाले पर्यटकको चहलपहल बढेको स्थानीय संरक्षणकर्मी तथा बूढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले बताउनुभयो।

अहिले कुमरोजमा एउटा काठ र एउटा कंक्रिटको मचान निर्माणको कामसमेत शुरु भएको स्थानीय ईश्वरी पाठकले जानकारी दिनुभयो। यहाँ यसअघि तयार भइसकेको दुई वटा मचानमा १६ पर्यटक बस्नसक्ने क्षमता छ ।

मचानमा विदेशी पर्यटकलाई रु एक हजार र नेपाली रु ५०० शुल्क लाग्छ । यहाँ पर्यटकका लागि हात्ती, सफारी, जिप सफारी, डुंगा सफारीको सेवासमेत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन मान्दैनन् प्रचण्डसहित शीर्ष नेताले मधेस छाड्न ?
किन मान्दैनन् प्रचण्डसहित शीर्ष नेताले मधेस छाड्न ?
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
मोटरसाइकल ठक्करबाट एकको मृत्यु…
मोटरसाइकल ठक्करबाट एकको मृत्यु…
माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
कडा सुरक्षाका बीच सर्लाही ४ को मतगणना जारी
कडा सुरक्षाका बीच सर्लाही ४ को मतगणना जारी
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
तिहार सुरु, आज काग तिहार
तिहार सुरु, आज काग तिहार
वातावरण संरक्षण सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री शाही
वातावरण संरक्षण सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री शाही