प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला साताव्यापी यूरोप भ्रमणमा छन् ।
  • ओली विदेश भएको मौका पारेर यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल भने गोप्य छलफलमा जुटेका छन् ।
  • प्रचण्ड निवास खुमलटारमा नेता वामदेव गौतमसहितको उपस्थितिमा प्रचण्ड, खनाल र नेता नेपालबीच छलफल भएको स्रोतको दाबी छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला साताव्यापी यूरोप भ्रमणमा छन् । ओली विदेश भएको मौका पारेर यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल भने गोप्य छलफलमा जुटेका छन् । प्रचण्ड निवास खुमलटारमा नेता वामदेव गौतमसहितको उपस्थितिमा प्रचण्ड, खनाल र नेता नेपालबीच छलफल भएको स्रोतको दाबी छ । पार्टीलाई सशक्त बनाएर लैजाने विषयमा छलफल केन्द्रित भएको भनेर दाबी गरिएता पनि वास्तविकतामा भने उनीहरु ओलीलाई दबाब दिने उद्देश्यसहित छलफलमा जुटेको बुझिएको छ ।

स्रोतको दाबी छ,‘ओली फर्किएपछि कसरी दबाब दिने र मोर्चाबन्दी कस्ने ? भन्नेबारे उहाँहरुबीच छलफल भएको हो ।’ प्रचण्डको नेतृत्वमा वार्ता भएको छ । प्रचण्डले पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा आफू र ओलीबीच अढाई–अढाई वर्ष सरकारको नेतृत्व गर्नेगरि सहमति भएको खुलासा गरेका थिए ।

प्रधानमन्त्री ओली स्विट्जरल्याण्डमा आयोजना गरिएको आईएलओको कार्यक्रममा सहभागी भएर लण्डन पुगिसकेका छन् । लण्डनमा ओलीले विश्वप्रसिद्ध विश्वविद्यालय अक्सफोर्डमा सम्बोधन गरिसकेका छन् । अब लण्डनबाट उनी सिधै पेरिसतर्फ जाने र त्यहीँबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?