सुजता हत्याका अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सुजता हत्याका अभियुक्त पक्राउ

सारांश

  • पाँचथर ।
  • गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।

पाँचथर । गत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्स लिमिटेडको शाखामा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् ।प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीबार अपराह्न जङ्गलमा लुकेर बसेको अवस्थामा फेला पारेको हो ।

लावतीको साथबाट तामाङबाट लुटिएको रु ८१ हजार ७० नगद तथा तामाङको हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए ।हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा रहेका एनएमबी माइक्रोफाइनान्सका दुई वटा समूहको बैठक सम्पन्न गरेर मेची राजमार्गमा रहेको जोरपोखरी बजार फर्कँदै गरेकी सोही संस्थाकी प्रशिक्षार्थी कामदार तामाङको मङ्गलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो ।प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक सम्पन्न गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो ।

घटनास्थल घना जङ्गलको बीचमा रहेका कारण आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाको भनाइ छ । तामाङ इलामको माईजोगमाई गाँउपालिका–२ घर भई विगत छ महिनादेखि उक्त लघुवित्तमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

काठमाडौँमा १२ सय सीसीका ट्याक्सी मात्रै
काठमाडौंमा संचालित ट्याक्सीलाई व्यवस्थित र सुविधाजनक बनाउन सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । सरकारले पुराना ट्याक्सी विस्थापन गर्दै लैजाने र न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउने मापदण्ड ल्याउने तयारी गरेको हो ।ट्याक्सीले दिने सेवाबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ । खासगरी भनेको ठाउँमा जान नमान्ने, रातीमा हिडेनु परेमा यात्रुसंग बढी रकम असुल्ने र यात्रुलाई ठग्ने जस्ता गुनासो बढी सुनिने गरेको छ । ट्याक्सीप्रति चौतर्फी गुनासो आएपछि सरकारले ट्याक्सीमा नयाँ मापदण्ड ल्याउने तयारी गरेको यातायात व्यवस्था विभागका निर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

सरकारले यहीबेला ८ सय सीसीका ट्याक्सी दर्तामा रोक समेत लगाएको दाहालले बताए । दाहालका अनुसार अहिले सञ्चालनमा रहेका ट्याक्सीमा अनिवार्य रुपमा विदेशमा जस्तै स्मार्ट प्रविधि जडान गर्नुपर्ने छ । यस्तै, यात्रु चढेर जाने ठाउँसम्मक कति भाडा लाग्छ भन्ने पनि रुट सिष्टमले देखाउने भएकाले त्यसको पनि व्यवस्था हुनेछ । यसबाट यात्रु ठगिने गुनासो कम हुने विभागको दाबी छ ।सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार ९ सय ट्याक्सी दर्ता भएर सञ्चालनमा छन् । विभागका अनुसार एउटा ट्याक्सीको नम्बर प्लेटका लागि २३ लाखसम्म तिर्नुपर्ने बाध्यता छ । सरकारले विभिन्न मापदण्ड र नियमहरु ल्याउने गरेपनि भाडा दरमा भने सरकारले अझैपनि कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

विभागले अहिले ट्याक्सीको नयाँ दर्ता रोकेर सिन्डिकेटलाई बढावा दिएको आरोप लाग्दै आएको छ । विभागका निर्देशक दाहालले नयाँ मापदण्ड लागू भएसँगै ट्याक्सीको नयाँ दर्ता प्रक्रिया अघि बढ्ने बताए । ‘ट्याक्सीको नयाँ मापदण्ड लागू भएसँगै नयाँ ट्याक्सीको दर्ता खोल्ने तयारी गरेका छौं,’ उनले भने, ‘नयाँ मापदण्ड ल्याएर ट्याक्सीलाई व्यवस्थित गर्नेछौं ।’काठमाडौं उपत्यका लगायत देशभर पुराना ट्याक्सीको बाहुल्य छ । यी ट्याक्शीमा यात्रा गर्न सहज र सुरक्षित छैन । सरकारले हालै प्रस्ताव गरेको नयाँ मापदण्ड आएपछि ट्याक्सीमा कायम रहेको कोटा प्रथा अन्त्य हुने र ट्याक्सी सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।अहिले उपत्यकामा गुड्ने करिब ९ हजार ट्याक्सीमध्ये अझै पनि अधिकांशले मिटरमा गुड्न नमानेर यात्रु ठगिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
नि:शुल्क औषधि अभाव: रित्तै हात फर्काइन्छन् बिरामी
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी
संघीयताको कार्यान्वयसंगै भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम !
संघीयताको कार्यान्वयसंगै भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम !
सुन मूल्यले नयाँ रेकर्ड कायम गर्दै
सुन मूल्यले नयाँ रेकर्ड कायम गर्दै
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
फागुन १९ गते बुधवारको राशिफल यस्तो छ
फागुन १९ गते बुधवारको राशिफल यस्तो छ
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने
कोरोनाभाइरसलाई लिएर अमेरिकाले डब्ल्यूएचओलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने

तपाईंले छुटाउनुभयो कि?