ठूला पार्टीले महिलालाई टिकट नदिएकामा असन्तुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
ठूला पार्टीले महिलालाई टिकट नदिएकामा असन्तुष्टि

सारांश

  • बारा, सिमरा, ७ मंसिर: जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका नेताले महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिएका कारण महिला नेत्री रुष्ट बनेका छन् ।
  • दलहरुले आफैँले बनाएको घोषणापत्रमा मात्र नभई संविधानले नै महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि दलले महिलालाई टिकट नदिई संविधानको मर्म र भावनामाथि नै प्रश्न चिह्न खडा गरेको पूर्व भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले बताउनुभयो ।
  • जिल्लामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र तराई मधेश केन्द्रित दलमा केन्द्रीय नेता हुँदा पनि महिलालाई टिकट नदिकाले महिला नेत्रीहरूले खुलेरै विरोध गर्न थालेका हुन् ।

बारा, सिमरा, ७ मंसिर: जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका नेताले महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिएका कारण महिला नेत्री रुष्ट बनेका छन् ।

दलहरुले आफैँले बनाएको घोषणापत्रमा मात्र नभई संविधानले नै महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि दलले महिलालाई टिकट नदिई संविधानको मर्म र भावनामाथि नै प्रश्न चिह्न खडा गरेको पूर्व भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले बताउनुभयो ।

जिल्लामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र तराई मधेश केन्द्रित दलमा केन्द्रीय नेता हुँदा पनि महिलालाई टिकट नदिकाले महिला नेत्रीहरूले खुलेरै विरोध गर्न थालेका हुन् । नेपाली काँग्रेसका निरु रायमाझी, सुभद्रा धिमाल, एमालेकी शोभा कार्की र तेतर खातुन, राजपाकी नेत्री पिंकी यादव पनि जिल्लामा एक जना महिलालाई पनि टिकट नदिनु दुर्भाग्य हो भन्नुहुन्छ ।

निर्वाचमा महिलाको प्रतिनिधित्व नगराउँदा अहिले पनि पुरुषले उनीहरूलाई चुलोचौकामा मात्र सीमित राख्ने सोच बनाएको संकेत गर्ने निर्वाचन क्षेत्र नं १ को नेपाली काँग्रेसको महाअधिवेशन प्रतिनिधि नजबुन बढइ उल्लेख गर्नुहुन्छ । महिलालाई अल्झाएर प्रयोगको साधनमात्र बनाउन खोजेको र पार्टीहरु नीति नियमअनुसार सञ्चालन हुन नसक्नु अर्को कारण पनि भएको नेत्री बढइको धारणा छ ।

निर्वाचन क्षेत्र नं ४ मा ठूला तीन पार्टीका सक्षम महिला नेत्री रहेकामा खासगरी नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभामा महिलालाई सो क्षेत्रबाट टिकट दिएका छैनन।

सो क्षेत्रमा पूर्व सांसद मधु शाहीलगायत दर्जनौँ महिला नेत्री राजनीतिमा सक्रिय छन् । ठूला राजनीतिक दलले महिलालाई टिकट नदिनु महिलामाथि विभेद भएको बारा नागरिक समाजका जिल्ला अध्यक्ष उमेशलाल दास बताउनुहुन्छ । महिलालाई प्रतिनिधिसभा सदस्यमा टिकट दिन सिफारिस गरिए पनि केन्द्रबाट नदिएको एमालेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माको भनाइ छ ।

नेपाली काँग्रेसका बारा जिल्ला सभापति जयचन्द्र चौरसियाको तर्क पनि उस्तै छ, जिल्लाबाट हामीले प्रतिनिधिसभा तथा प्रदेशसभामा महिलाको नाम समावेश गरी केन्द्रमा पठाए पनि केन्द्रले के सोचेर महिलालाई टिकट नदिएको थाहा भएन भन्नुहुन्छ उहाँ ।

बारामा चार वटा प्रतिनिधिसभा सदस्य, आठ वटा प्रदेशसभा सदस्यका लागि ४८ जना प्रतिनिधिसभा सदस्य र १०९ जना प्रदेशसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ४९ हजार, ९४६ मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
मन्त्रीमण्डल फेरबदलका लागि नेकपाको सचिवालय बैठक बस्दै
मन्त्रीमण्डल फेरबदलका लागि नेकपाको सचिवालय बैठक बस्दै
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
लागू औषध सहित छुट्टछुट्टै ठाउँंमा दुई जना पक्राउ
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
राष्ट्रपति पौडेल कतारमा
राष्ट्रपति पौडेल कतारमा
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
मकवानपुरमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

तपाईंले छुटाउनुभयो कि?