भक्तपुरमा भोली वृक्षारोपण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भक्तपुरमा भोली वृक्षारोपण

सारांश

  • नबराज काफ्ले ।
  • असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर हनुमन्ते नदि सफाई अभियानले ७० औ हप्ताको सरसफाई कार्यक्रमको अवसरमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराको प्रमुख आतित्थ्यमा समुद्घाटन हुने भएको छ ।
  • हनुमन्ते नदी सफाई अभियान, सूर्यविनायक नगरपालिका एवं दक्षिण बराही उद्यान सामुदायिक वन उपभोक्ता समूहसँगको संयूक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सभामुख महराको प्रमुख आतिथ्यता एवं संघिय सांसद तथा पूर्वमन्त्री महेश वस्नेतको विशेष आतिथ्यताका साथ नयाँ ठिमी शखंधर चोकमा भोली विहान ठीक ७ बजे जम्मा भई सरसफाई कार्यक्रमका साथ दक्षिण बराही पार्कमा पुगि वृक्षारोपण गर्ने कार्यक्रम तय गरेको छ ।

नबराज काफ्ले । असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर हनुमन्ते नदि सफाई अभियानले ७० औ हप्ताको सरसफाई कार्यक्रमको अवसरमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराको प्रमुख आतित्थ्यमा समुद्घाटन हुने भएको छ । हनुमन्ते नदी सफाई अभियान, सूर्यविनायक नगरपालिका एवं दक्षिण बराही उद्यान सामुदायिक वन उपभोक्ता समूहसँगको संयूक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सभामुख महराको प्रमुख आतिथ्यता एवं संघिय सांसद तथा पूर्वमन्त्री महेश वस्नेतको विशेष आतिथ्यताका साथ नयाँ ठिमी शखंधर चोकमा भोली विहान ठीक ७ बजे जम्मा भई सरसफाई कार्यक्रमका साथ दक्षिण बराही पार्कमा पुगि वृक्षारोपण गर्ने कार्यक्रम तय गरेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६र०७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने र अषाढ १४ गते देशव्यापीरुपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने गरि कार्यक्रमहरु तय गरिएकाले भक्तपुर जिल्लामा पनि सोहि बमोजिमको कार्यक्रम आयोजना गरिएको सांसद वस्नेत वताउनुभयो । जलवायु परिवर्तन र विश्वमा तापमान वृद्धिले सृजना गरिरहेका प्रतिकूल प्रभावहरुलाई न्यूनिकरण गर्न यो

अभियान कोशेढुङ्गा सावित हुने सांसद वस्नेतले बताउनुभयो । नेपालमा करीब ४५ प्रतिशतको हाराहारीमा वन भए पनि पछिल्लो समय शहरी क्षेत्र उजाड बन्दै गएको बेला वन तथा वातावरण मन्त्रालयले विरुवा उत्पादन, रोपण तथा वितरण गरेर मनाउन लागेको वृक्षारोपण कार्यक्रम अन्र्तगत ७७ वटै जिल्लामा विभिन्न ठाँउका खाली चौर, पर्ती जग्गा, नदी खोला किनार, जगंल लगायतका स्थानहरुमा ५ करोड भन्दा बढी विरुवाहरु रोप्ने योजना बनाएको सांसद वस्नेतले उल्लेख गर्नुभएको छ ।

सरसफाई एवं वृक्षारोपणकार्यक्रमलाई भव्य वनाउन स्थानीय जनप्रतिनिधि तारा सापकोटाको संयोजकत्वमा रुद्र काफ्ले, अमित उपाध्याय, नरेश रन्जित, मदन घिमिरे, गोविन्द आचार्य, रामकृष्ण पोखरेल, मधुसुदन खडका, शारदा पन्त, गणेश दहाल, अशोक ठाकुर, चन्द्र कृष्ण श्रेष्ठ, शक्तिमोहन पौडेल, नवराज काफ्ले, जयराज पौडेल, दिल बहादुर महत, बद्री बराल, मोहीनी घिमिरे, सुवोध खडका, शितल केसी, भगवती शिवाकोटी सदस्य रहेको २१ सदस्यीय सरसफाई एवं वृक्षारोपण कार्यक्रम मूल तयारी समिति गठन गरेको छ ।

त्यसैगरि प्रचार प्रसार व्यापक वनाउन हनुमन्ते नदि सफाइ अभियानका मेडिया संयोजक सुन्दर विष्टको संयोजकत्वमा वीरेन चौलागाई, नबराज काफ्ले, अमित कुमार उपाध्याय र नरेश रन्जित रहेको ५ सदस्यीय प्रचार प्रसार समिति समेत गठन गरी प्रचार प्रसारलाई तिव्रता दिईएको हनुमन्ते नदि सफाई अभियानका सह संयोजक एवं सूर्य्विनायक नगरपालिकाका उप प्रमुख जुना वस्नेतले बताउनु भएको छ ।

अषाढ १४ शनिवार विहान ७ बजे नयाँ ठिमी शखंधर चोकबाट सडक सरसफाई साथ शुरुवात गरिने कार्यक्रम सूर्य्विनायक नगरपालिका–४ स्थित दक्षिण बराही उद्यानमा पुगि सभामुख महराद्धारा वृक्षारोपणका साथ कार्यक्रमको उदघाटन गरि वृक्षारोपण दिवस कार्यक्रम मनाइने कार्यक्रम रहेको हनुमन्ते नदि सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले जानकारी गराउनु भएको छ ।

५ हजार भन्दा बढिको सहभागीता हुने लक्ष्य लिइएको सो वृक्षारोपण कार्यक्रममा आयोजक पक्षले आमजनसमुदायहरु समक्ष सहभागी हुन र आफ्नो नीजि घरजग्गा र सार्वजनिक स्थलमा समेत कम्तीमा पनि २ वटा विरुवा रोप्न, आफुले रोपेका विरुवाहरुको भविष्यमा पनि आवश्यक हेरचाह गर्न र यस महत्वपूर्ण अभियानलाई सघाउ पु¥याउन आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?