प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
  • शुक्रबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रचण्डले ओलीलाई आइसीयू कक्षमा भेटेका हुन् ।
  • पाँच मिनेटमात्र भेटको अवसर दिइएपछि प्रचण्डले छोटोमा स्वास्थ्यवस्थाबारे बुझेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रचण्डले ओलीलाई आइसीयू कक्षमा भेटेका हुन् ।

पाँच मिनेटमात्र भेटको अवसर दिइएपछि प्रचण्डले छोटोमा स्वास्थ्यवस्थाबारे बुझेका थिए । उनले शिघ्र स्वास्थ्यलाभको कामना गरेको निकटस्थले बताए । प्रचण्ड आइसीयू कक्षमा विशेष पोशाक लगाएर पसेका थिए ।

शल्यक्रियापछि संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई कसैसँग भेट्न दिइएको थिएन । पत्नी राधिका शाक्यले पहिलोपटक भेटेपछि बिहिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न दिइएको थियो । भण्डारीले पनि केही मिनेटमात्र भेटेकी थिइन् ।

पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि एक दिन भ्यान्टिलेटरमा राखिएको थियो । बुधबार भ्यान्टिलेटर झिकेपछि ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने
३००० मतगणना गर्दा देवी ज्ञवालीलाई +५४७को अग्रता
३००० मतगणना गर्दा देवी ज्ञवालीलाई +५४७को अग्रता
यस्तो छ प्रधानमन्त्री केपी ओलीको अहिलेको  स्वास्थ्य अवस्था !
यस्तो छ प्रधानमन्त्री केपी ओलीको अहिलेको स्वास्थ्य अवस्था !
बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज
बजारीकरण नहुँदा गाउँमै कुहियो प्याज
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने

तपाईंले छुटाउनुभयो कि?