पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क
सारांश
- पोखरा ।
- पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ ।
- एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो ।
पोखरा । पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ । एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैकले बातावरण संरक्षणको क्षेत्रमा राम्रो कामको शुरुवात गरेको बताए । मुख्यमन्त्री गुरुङले जातीय र धार्मिक अहंकारबादले समाजमा नराम्रो प्रभाव पार्ने भन्दै राष्ट्रिय सदभाव कायम राख्नु मुख्य कुरा भएको बताएका हुन् ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले शवदाह गृह व्यबस्थीत रुपमा महानगरले सञ्चालन गर्ने भन्दै यस महिना भरी दिंवगत भएकाहरुको शवदाह गृहमा दाहसंस्कार महानगरले निशुल्क रुपमा गराउने बताए । वातावरण र सस्ंकार मैत्री शवदाह गृह भएको भन्दै मेयर जिसीले अन्य घाटमा पनि निर्माण गर्ने बताए ।
एभरेष्ट बैकका पुष्पराज उप्रेतीले यस शवदाह गृह निर्माणबाट बन विनास लाई रोक्ने बताए । थोरै दाउराले पुग्ने भन्दै १ घण्टा २० मिनेटमा दाहसंस्कार सकिने उनले बताए । उनले प्रदुषण नियन्त्रणमा पनि सहयोग पुग्ने बताए । काठमाठौको पशुपतिमा जस्तो इलेक्ट्रीक शवदाह गृह नभएको उप्रेतीले बताए ।
कार्यक्रममा एभरेष्ट बैकका सीएसआर समितिका अध्यक्ष डाक्टर बालगोपाल बैद्य, बैकका नायब महाप्रन्धक राजीव जैन लगायतले बोलेको कार्यक्रम शान्तिघाट विकास समितिका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गरेका थिए ।
शवदाह गृह मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जस्ले नष्ट हुने तातोलाई सदुपयोग गर्नुको साथै दाहसंस्कारको समय अवधी पनि कम गर्ने बताइएको छ । यस प्रणालीमा चिसो स्क्रवरको माध्यामबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपुर्ण बायू प्रदुषण र विषादी पदार्थहरु वायुमण्डलमा पुग्न अघि हटाउछ र प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।
यो पनि पढ्नुस्
‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान
भोजराज कार्की
सोलुखुम्बु। नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ। आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ। त्यसैले सबैभन्दा बढी हवाईमार्ग हँुदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ।
पर्यटकीय ‘सिजन’को बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ। सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ। स्थानीयसमेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो। घरको हेरविचार गर्ने एक जना कामदार वा घरधनीबाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए।
“अहिले क्रमैसँग खुम्बु सुनसान बन्दैछ”, श्रेष्ठले भने, “अहिले यहाँका विद्यार्थी र उनीहरुको हेरचाह गर्ने केही अभिभावकबाहेक अधिकांश भ्रमणमा निस्किएका छन्।” पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने ‘कार्गो’ ढुवानीमा व्यस्त हुन्छन्। अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त रहेका छन्। तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज अमृत मगरका अनुसार मङ्गलबार १५ उडान भए पनि दुई वटाबाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन्। यस्तै बुधबार १० उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ।
काठमाडौँ–लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एयरले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन्। पर्यटकीय सिजन सकिएपछि लुक्ला आउने र काठमाडौँ जाने यात्रुको सङ्ख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ।
केही विमानले सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल र केही विमानले काठमाडौँबाट सिधै कार्गो ढुवानी गरिरहेका छन्। लुक्ला जाने विमानले खुम्बुका लागि दैनिक उपभोग्य वस्तुसहितको सामग्री लैजाने र फर्कँदा सगरमाथा आरोहीले प्रयोग गरेका सामान लिएर फर्किने गरेको तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज मगरको भनाइ छ।
सिजनअनुसार कार्गो ढुवानी शुल्कसमेत फरक पर्ने भएकाले सोहीअनुसार खुम्बुका व्यवसायीले सामान ढुवानी गर्ने गरेका छन्। प्रतिपटक एक हजार १०० केजीसम्म ढुवानी गर्नसक्ने विमान कम्पनी बताउँछन्। फाप्लुबाट लुक्लाका लागि प्रतिकेजी खाद्यान्न रु ५५ र निर्माण सामग्री रु ७५ मा ढुवानी गर्दै आएको तारा एयर फाप्लुका स्टेशन इञ्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए। काठमाडौँ लुक्लाका लागि भने प्रतिकेजी रु १२० सम्म पर्ने ढुवानीकर्ता बताउँछन्।
यस गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन। यहाँको मुख्य आम्दानीको स्रोतनै पर्यटन रहेको छ। सगरमाथासमेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करीब ५० हजार देशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गर्छन्।
प्रतिक्रिया