खेर गयो वार्नरको सतक, दक्षिण अफ्रिका १० रनले विजयी
सारांश
- एजेन्सी ।
- इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ।
- म्यानचेस्टरमा शनिबार रति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो ।
एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ।म्यानचेस्टरमा शनिबार रति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा अलआउट हुँदै ३१५ रनमा समेटियो ।अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र २ छक्कासहित १२२ रन बनाए । यस्तै एलेक्स केरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । यस्तै एडिले लक्की र ड्वाने प्रिटोरिउसले २र२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले शतकीय इनिङ्स खेलेका थिए । उनले १०० रन बनाएका थिए । यस्तै भान डेर डुसेनले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लायनले २र२ विकेट लिए ।
यो हारसंगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । अष्ट्रेलियाले ९ खेलबाट १४ अंक जोड्यो । १५ अंक जोडेको भारत शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो ।
यसै १२ अंक जोडेको इंग्ल्याण्ड तेस्रो र ११ अंक जोडेको न्युजिल्याण्ड चौंथो स्थानमा रहेर सेमिफाइनल पुगेको छ ।
प्रतिक्रिया