गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
गौतम बुद्ध विमानस्थलको काम रोकियो, स्थानीय आन्दोलित

सारांश

  • काठमाडौं, ४ असार ।
  •   निर्माणाधिन गौतम बुद्ध विमानस्थलको काम पुनः रोकिएको छ ।
  • समयमा मुआब्जा नपाएको भन्दै जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएपछि विमानस्थलका केही काममा अवरोध सृजना भएको हाे ।

काठमाडौं, ४ असार ।  निर्माणाधिन गौतम बुद्ध विमानस्थलको काम पुनः रोकिएको छ ।

समयमा मुआब्जा नपाएको भन्दै जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएपछि विमानस्थलका केही काममा अवरोध सृजना भएको हाे । अधिग्रहणमा परेका स्थानीयहरुले सोमबार बिहान देखि निर्माणस्थलमा जम्मा भएर मुआब्जा वितरण सुरु नगरेसम्म काम संचालन हुन नदिने चेतावनी दिएका छन् ।

करिब साढे १७ सय किसानले मुआब्जा पाउनुपर्ने भए पनि अहिलेसम्म १२ प्रतिशतले मात्र पाएको उनीहरुको दाबी छ । डेढ वर्षदेखि मुआब्जा नपाएको र आफ्नो जग्गा बैंकमा धितो राखेर ऋण लिन पनि नपाएको उनीहरुको गुनासो छ ।

हरेक बस्तुमा मूल्यबृद्धि भइरहे पनि आफुहरुले तीन वर्ष अघिको मुल्यांकन अनुसार जग्गा अधिग्रहण गरेको भएकाले त्यसमा पूर्नमुल्यांकन हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?