नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु

सारांश

  • संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले आज नेपालभर एक हजार ५६७ शिशु जन्मिएको अनुमानित आँकडा प्रक्षेपण गरेको छ ।
  • आज अंग्रेजी नयाँ वर्षको पहिलो महिना अर्थात जनवरी १ हो ।
  • नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले आज नेपालभर एक हजार ५६७ शिशु जन्मिएको अनुमानित आँकडा प्रक्षेपण गरेको छ । आज अंग्रेजी नयाँ वर्षको पहिलो महिना अर्थात जनवरी १ हो ।

नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर रहेको जनाउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।”

प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इण्डोनेशिया, संयुक्तराज्य अमेरिकालगायत छन् ।

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ । ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् ।

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो । युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न अह्वान पनि गरेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा एक नकली मतदाता पक्राउ
सप्तरीमा एक नकली मतदाता पक्राउ
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली
प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगित
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
वामपन्थी एकताको घोषणासँगै  मोदीको नेपाल भ्रमण रोकियो
वामपन्थी एकताको घोषणासँगै मोदीको नेपाल भ्रमण रोकियो
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
भारतले नेपालमा लुकेको शंका गरेका यी खालिस्तानी नेता को हुन्?
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री