सरकारले अब मोबाइलमा निगरानी गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
सरकारले अब मोबाइलमा निगरानी गर्ने

सारांश

  • नेपालमा मोबाइल सेटलाई नियमन गर्न पहिलोपटक डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का लागि सम्झौता भएको छ ।
  • यो सिस्टम प्रयोगमा आएपछि चोरी भएको मोबाइल फेला पार्नदेखि अवैधरुपमा आयात गरिएका सेटहरु ब्लक गर्न पनि सहज हुने अधिकारीहरुले बताएका छन् ।
  • सरकारले मलेसियन कम्पनी ‘एमरएस निउमेरा’ सँग यो सिस्टम जडानका लागि सम्झौता गरेको हो ।

नेपालमा मोबाइल सेटलाई नियमन गर्न पहिलोपटक डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का लागि सम्झौता भएको छ । यो सिस्टम प्रयोगमा आएपछि चोरी भएको मोबाइल फेला पार्नदेखि अवैधरुपमा आयात गरिएका सेटहरु ब्लक गर्न पनि सहज हुने अधिकारीहरुले बताएका छन् ।

सरकारले मलेसियन कम्पनी ‘एमरएस निउमेरा’ सँग यो सिस्टम जडानका लागि सम्झौता गरेको हो । यसमा भारतीय कम्पनी ओएसआई कन्सल्टिङ प्रालि र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि पनि ज्वाइन्ट भेन्चरका रुपमा छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँ (७० लाख ६६ हजार अमेरिकी डलर) मा यो सिस्टमका लागि सम्झौता गरेको हो । अब यो सिस्टमको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन र व्यवस्थापन निउमेराले गर्नेछ ।

यो सिस्टम जडानका लागि १३ विदेशी कम्पनीले काम गर्ने इच्छा देखाएका थिए । यसमा झण्डै एक अर्ब लगानी लाग्ने सरकारी अनुमान थियो ।

मोबाइलको ब्यापार तथा प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले ‘सेट’ लाई नै नियमन गर्ने गरी यो सिस्टम बनाउन लागेको हो । अन्य देशमा लामो समयदेखि प्रयोगमा रहे पनि नेपालमा यसप्रकारको सिस्टम प्रयोगमा आएको छैन ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालयका अनुसार ६ महिनाभित्र कम्पनीले सिस्टम जडान गरेर सञ्चालनमा ल्याईसक्नेछ । यो सिस्टम लागू भएपछि देशभरका व्यक्तिहरुसँग रहेका सबै मोबाइल सेट सरकारी निगरानीमा रहनेछन् ।

मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न पनि यो सिस्टम उपयोगी हुने अधिकारीहरुले बताएका छन् । अवैध रुपमा आयात भएका मोबाइललाई ब्लक गर्न सकिने गरी यो सिस्टम तयार गरिनेछ । सँगै आपराधिक गतिविधिमा प्रयोग भएका मोबाइलको ‘ट्रयास’ गर्न पनि सकिने छ ।

अहिले मोबाइल सेट आईएमईआई नम्बरमा नै यो सिस्टम आधारित हुनेछ । आईएमईआईका आधारमा मोबाइल सेटहरुको अवैध आयात र दुरुपयोग रोक्ने गरी यो सिस्टम विकास हुनेछ । यो सिस्टम मोबाइल सेवा प्रदायकको नेटर्कसँग पनि जोडिनेछ । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन पनि गर्ने प्रवक्ता अर्यालले जानकारी दिए ।

यो सिस्टम लागू भएपछि मोबाइल चोरीको समस्याहरु हट्ने दावी प्राधिकरणको छ ।

‘चोरी भएका मोबाइल कहाँ, कसले प्रयोग प्रयोग गरिरहेको छ भन्ने कुरा सजिलै पत्ता लाग्ने छ,’ अर्यालले भने, ”हराएका मोबाइल सेटहरु खोज्न पनि सजिलो हन्छ ।’

नेपालमा आईएमईआई दर्ता नभएका मोबाइल नचल्ने गरी यो सिस्टम अपरेटरको नेटकर्वमा जोडिन्छ । यसले भन्सार छलेर मोबाइल भित्र्याउने क्रम पनि रोकिने दावी प्राधिकरणको छ ।

‘यसले अपराधिक घटनामा मोबाइल प्रयोग गर्ने प्रवृत्ति पनि निरुत्साहित छ र अपराध अनुसन्धानमा सहयोग पुग्नेछ,’ अर्यालले भने ।

यो सिस्टममा देशभर प्रयोग भएका सेटहरुलाई तीन प्रकारमा बाँडिनेछ । वैधानिक रुपमा प्रश्न नउठेका मोबाइलहरुलाई ‘ह्वाइट लिस्ट’मा राखिनेछ । हराएका र वैधानिकतामा प्रश्न उठेका मोबाइललाई ब्ल्याक लिष्ट (कालोसूची)मा राखिनेछ । नक्कली आईएमईआई राखेर दर्ता गरिएका सेटलाई ग्रे(लिस्टमा राखिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’
‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)
नेप्से परिसूचकमा १७ अङ्कको गिरावट
नेप्से परिसूचकमा १७ अङ्कको गिरावट
प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट
प्रधानमन्त्री देउवा र वरिष्ठ नेता राणाको भेट
काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?