मन्त्रीहरुलाई कडा चेतावनी,प्रम आफै पनि सुध्रिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
मन्त्रीहरुलाई कडा चेतावनी,प्रम आफै पनि सुध्रिने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नै नेतृत्वको सरकारको निर्मम समीक्षामा जुटेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारी अनुसार ओलीले सरकारले पछिल्लो समय एकपछि अर्को गरि जनस्तरबाट चर्को आलोचना व्यहोर्नुमा मन्त्रीहरु मुख्य दोषी भएको निश्कर्ष निकालेका छन् ।
  • तर, यसमा आफ्नो पनि केही कमिकमजोरी भए त्यसलाई सुधारेर जाने ओलीको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नै नेतृत्वको सरकारको निर्मम समीक्षामा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारी अनुसार ओलीले सरकारले पछिल्लो समय एकपछि अर्को गरि जनस्तरबाट चर्को आलोचना व्यहोर्नुमा मन्त्रीहरु मुख्य दोषी भएको निश्कर्ष निकालेका छन् ।

तर, यसमा आफ्नो पनि केही कमिकमजोरी भए त्यसलाई सुधारेर जाने ओलीको तयारी छ । विभिन्न विद्येयक ल्याउँदादेखि नै ओली सरकार विवादित बनेको थियो । गुठी विद्येयक त फिर्ता नै लिन सरकार बाध्य भएको थियो । आफ्नै पार्टीका शीर्ष नेताहरुले पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन् । बरिष्ठ नेताद्धय झलनाथ खनाल

र माधव कुमार नेपालले समेत सरकारले महत्वपूर्ण निर्णय गर्दा आफूहरुसँग सरसल्लाह नगरेको कुरा सार्वजनिक रुपमै आलोचना गर्दै आएका छन् । भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण प्रकरणमा त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै माफी माग्नु परेको थियो । त्यस यता ओलीले मन्त्रीहरुकै कारण आफूले बेईज्जति सामना गर्नु परेको निश्कर्ष निकालेका छन् ।

अब बस्ने स्थायी समितिको बैठकलगत्तै केही मन्त्रीहरुलाई हटाउने तयारीमा पार्टीका अध्यक्षद्धय ओली र प्रचण्ड पुगेको पनि नेकपा स्रोतको दाबी छ । यसअघि पनि मन्त्रिमण्डल हेरफेरबारे हल्ला नचलेको होईन । तर, प्रधानमन्त्री ओलीले नै उक्त हल्लाको खण्डन गर्दै तत्काल कोही पनि मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेक थिए ।

बाढी पीडितको राहतमा जुट्न सरकारलाई समितिको निर्देशन
काठमाडौं। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्। बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्बासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ। त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको पनि समितिले जनाएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान जानेहरुको संख्या हालसम्म भएको जनधनको क्षतिका विषयमा जानकारी गराएका थिए। उनले उनले ३२ जना वेपत्ता भएको, २९ जना घाइते भएको र २ हजार ६३ जनालाई उद्दार गरिएको पनि गृह मन्त्रालयको आइतबार अपरान्हसम्मको तथ्यांकमा उल्लेख गरिएको छ।

गृहमन्त्री थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको पनि बताए। तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढि प्रभावित भएको छ।

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
जकार्ता। इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन।

स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन्।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको पनि अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ।

’सासुको जन्मदिनमा प्रियंका चोपडाको खास उपहार, लेखिन इमोशनल पोष्ट
बलिउड अभिनेत्री अभिनेत्री प्रियंका चोपडा पनि सोसियल मिडियामा धेरै नै एक्टिभ हुन्छिन् । हालसालै उनले सोसियल मिडियामा आफ्नो सासु डेनिस जोनसलाई जन्मदिनको बधाइ दिइन् । प्रियंकाको सासुसँग निकै राम्रो सम्बन्ध छ । सासुको जन्मदिनमा शुभकामना दिदै उनले एउटा फोटो पनि सेयर गरेकी छिन् । फोटोको क्याप्सनमा उनले ‘मदर इन ल’को स्थानमा ‘मदर इन लभ’ लेखेर सासुलाई सम्बोधन गरेकी छिन् ।

प्रियंकाको व्यस्तता निकै छ । तर पनि उनी जस्तै व्यस्ततामा पनि परिवारलाई समय दिन्छिन् । विहेपछि पति निक जोन्स सहित परिवारसँग विताएको क्षणको फोटो उनी सोसियल साइटमा राखिहाल्छिन् । विहे पछि बलिउडबाट टाढा भएकी प्रियंका चाँडै बलिउड कमब्याक गर्दैछिन् । प्रदर्शनको तयारीमा रहेको ‘द स्काई इज पिंक’मा प्रियंका फरहान अख्तर र जायार ओशिमको मुख्य भूमिका रहेको छ । यो फिल्मलाई सिद्धार्थ रोय कपुरले निर्माण गरेका हुन् । फिल्मको छायांकन सकि सकेको छ ।

आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
काठमाडौं। शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।

आज देशका पूर्व र पश्चिमी तराईका धेरैजसो स्थानमा मनसुनी वर्षा हुने छ। भोलिबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश कमजोर हुँदै जाने मौसमविद् श्रेष्ठले भने । जसले गर्दा नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताइएको छ।

आज देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि देशैभरि सामान्य बदली रही देशको केही स्थानमा हुने वर्षाको सम्भावना रहेको छ। खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ३७.०, दिपायलमा १९.०, विराटनगरमा १२.०, नेपालगञ्जमा ६४.०, जुम्लामा २.०, दाङमा, २०.० र सिमरामा ७०.० मिलिमिटर वर्षा मापन गरिएको छ।

हेर्ने होइन नेहा शर्माको खतरनाक भिडियो ?
टिभीकी पपुलर अभिनेत्री नेहा शर्मा सानो पर्दाको साथ साथै सोसियल मिडियाम पनि धेरै पपुलर छिन् । उनी आफ्नो तश्वीर, भिडियो सोसियल मिडियामा शेर गरि रहन्छिन् । हालैमात्र उनी एउटा भिडियोलाई लिएर भाइरल भइरहेकी छिन् । नेहाले गएको बिहिबार एउटा भिडियो सेर गरेकी थिइन् । जुन सोसियल मिडियामा धमाका मच्चाइरहेको छ ।

यो भिडियोको इन्स्टाग्राममा २४ घण्टा भित्र ६ लाख भन्दा बढीले यो भिडियो हेरेका थिए । भिडियोमा नेहा फायर पान खाई रहेकी देख्न सकिन्छ । केही दिन देखि नेहा मध्यप्रदेशको इन्दोरमा छुटी मनाईरहेकी छिन् । यही छुटी मनाउँने क्रममा उनले फायर पान खाइरहेको भिडियो बनाइन र तुरुन्तै भिडियोलाई भिडियोलाई इन्स्टाग्राममा सेयर गरिन् ।

भिडियोमा नेहा पान खान डराइराखेकी देख्न सकिन्छ । नेहा अरुले खाउ भनेकाले मात्रै उक्त फायर पान खाएको बताउँछिन् । नेहाको यो भिडियो कतिपयलाई भने फिटिक्कै मन परेको छैन । जसजसलाई नेहाको उक्त भिडियो मन परेन, तिनीहरुले भन्दैछन् ‘नेहा चाहिने भन्दा बढि ओभर एक्टिङ गर्छिन् ।’

जंगबहादुर राणाका १० रोचक किस्सा
जंगबहादुर राणा (१८७४–१९३३) प्रथम श्री ३ महाराज थिए । कोतपर्वको नरसंहार पश्चात नेपालको शासनमा उदाएका जंगबहादर भण्डारखाल पर्व पछि राजाभन्दा शक्तिशाली भए । उनको पालामा अंग्रेजसँगको लडाईंमा गुमेको मध्ये हालको बाँके, बर्दीया, कैलाली तथा कंचनपुर पूनः नेपालमा फिर्ता गरिएको थियो । अंग्रेजसँगको निकट सम्बन्धका कारण जंगबहादुर यी भूभाग नेपाल फर्काउन सफल भएका हुन् ।
बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो । सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन् । नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो ।
बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए । उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभवा परेको थियो ।
वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे । तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै जङ्गबहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो । त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर राणा पद धारण गरे । राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू नाम मात्रको भए । वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो ।

जंगबहादुर आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी एक किंबदन्ती जस्तै बन्न थाले । धरहराको टुप्पोबाट हाम फाल्थे रे, हात्तिले कुल्चाउँदा समेत मरेनन् रे, ‘ज्यूँदै बाघ समात्थे रे’ भन्ने जस्ता उनीसँग जोडिएका यी कुराहरु अहिले पनि नेपाली समाजमा विद्यमान नै छन् ।

जंगबहादुर राणासँग जोडिएका १० चर्चित प्रसंगहरुः

१. जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी पढ्नेतिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे ।

२. उनी जहाँ जता जाँदा पनि घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दोबस्त गरेर हिँड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए ।

३. जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सीमाना देखि काठमाडौंसम्म १ सय ९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए ।

४. जंगबहादुरको पालामा देशमा करिब करिब तीन थरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही कारण उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए ।

५. एकदिन दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषद्मा विवाद भयो । त्यसबेला उनी मन्त्रीपरिषद्को सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए । त्यसपछि मामा–भाञ्जा (माथवरसिंह थापा र जंगबहादुर) बीच चर्को भनाभन चल्यो । जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस् ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।

६. बेलायतको भ्रमण गर्ने एसियाकै पहिलो प्रधानमन्त्री हुन् जंगबहादुर राणा । त्यसबेला अहिले जस्तो हवाईजहाजबाट सजिलै पुग्नसक्ने अवस्था थिएन । त्यसबेला उनी भारतको बाटो हुँदै गएका थिए । उनी बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री मात्रै नभएर एक वर्षसम्म त्यही बस्ने नेपाली प्रधानमन्त्री पनि थिए ।

७. जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुको टोलीले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर बसेको थियो ।

८. जंगबहादुर बेलायत जानेबेला पानी जहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको बिरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौंसम्मलाई पुग्ने दाल, चामलपनि साथै लगेका थिए ।

९. बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृश्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दल आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।

१०. जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्कदाँ नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रशस्त बोकेर फर्किए ।

यो पनि पढ्नुस्
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च ३ करोडभन्दा बढि
सुन्दरी लाउरा वेलका लागि उतिबेला बेलायतका राजघराना देखि संभ्रान्त पुरुषहरु पैसा र शक्ति खन्याउन तयार हुन्थे । मोहनी लगाउने सुन्दरता, आकर्षक जिउडाल र सुमधुर आवाजले जो कोही लोभिन्थे ।

सानदारसँग बग्गीमा आवतजाजव गर्ने लाउरालाई देख्नु र भेट्नु भनेको सर्वसाधारणको पहुँच बाहिर थियो । तर, तिनै सुन्दरीसँग जंगबहादुर राणाले सम्भोग गरेका थिए ।

लाउराको सुन्दरतामा पागल भएका जंगबहादुरले एक रातका लागि अढाई लाख पाउण्ड खर्च गरे । त्यो पनि आजभन्दा डेढ सय वर्ष अगाडि । आजको मितिमा यो रकम तीन करोड नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ ।

जंगबहादुर लाउरासँग बेलायत यात्राका क्रममा ९० दिन निकट रहेका थिए । लण्डनमा जंगबहादुरको बेलायत यात्रा चर्चामा आउनुमा लाउरासँगको सम्बन्ध पनि कारण थियो ।

लाउरालाई जंगबहादुरले बहुमूल्य उपहार दिएको विषय उठ्यो । लाउरालाई जंगले औंठी उपहार दिदै उनको आकांक्षा पूरा गरिदिने भनेका थिए ।

जंगबहादुरको लाउरासँगको प्रेम सम्बन्ध अगष्ट सन् १८५० को ब्रिस्टल पत्रिकाले छापेको थियो । जंगबहादुरले बेलायत यात्रा पूरा गरेर फर्केलगत्तै जंग र लाउराको अफेयर चर्चामा आयो ।

जंगबहादुरले ठूलो धनराशी दिएपनि लाउरा ऋणमा डुबेको विषय त्यतिबेलाका बेलायतका पत्रिकाहरुले उल्लेख गरेका छन् । सन् १८५१ मा सुन्दरी लाउरा ऋणमा डुबेको समाचार प्राथमिकताका साथ प्रकाशित भयो ।

सन् १९४९ मा बेलायत यात्रामा निस्केका जंगबहादुर १९५२ मा फर्किएका थिए । लाउरासँगको सम्बन्धले उनलाई बेलायतमा अझै सम्झाउने शासकका रुपमा लिइन्छ । नेपाल बेलायत सम्बन्धमा जंगको नाम महत्वका साथ उठ्नेगर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त
नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
लकडाउन अवधि लम्ब्याउने सरकारको तयारी
कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?
ह्वात्तै घट्यो सुनको मूल्य
ह्वात्तै घट्यो सुनको मूल्य
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला  (भिडियो सहित)
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?