अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको

सारांश

  • दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ।
  • ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब ९ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ।
  • हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब ९ स्थानको मात्र मतपरिणाम आउन बाँकी छ।

हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ। एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ। यस्तै, कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्र ३८ स्थानमा मात्र विजयी भएको छ। संघीय समाजवादी फोरम ८ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको छ।

राप्रपा ४ स्थानमा विजयी हुँदा राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ। स्वतन्त्रले ३ स्थानमा जित हासिल गरेको छ।

जारी ९ स्थानको मतगणनामा एमालेले अहिले पाँच स्थानमा अग्रता लिएको छ। कांग्रेसले चार स्थानमा अग्रता बनाएको छ।

एमालेले अग्रता लिएका स्थानहरू

धरान उपमहानगरपालिका, सुनसरी

दमक नगरपालिका, झापा

अर्जुनधारा नगरपालिका, झापा

धनपालथान गाउँपालिका, मोरङ

भीमदत्त नगरपालिका, कञ्चनपुर

कांग्रेस

विराटनगर महानगरपालिका, मोरङ

धनगढी उपमहानगरपालिका, कैलाली

मेचीनगर नगरपालिका, झापा

पुनर्वास नगरपालिका, कञ्चनपुर।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?