प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको आरोप लगाएको छ।
- शुक्रबार प्रतिनिधिसभा बैठकले सत्तापक्षको बलमा राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको काँग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भिर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको छ।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको आरोप लगाएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकले सत्तापक्षको बलमा राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको काँग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भिर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको छ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दुरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाइको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।
बैठकले सभामुख कृष्णबहादुर महरा सो विधेयक पारित गराउन सत्ता पक्षका कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै आइन्दा त्यसो नगर्न चेतावनी दिएको छ। सबैको साझा व्यक्तिको रुपमा सभामुखलाई आगामी दिनमा भूमिका निर्वाह गर्न सचेत गराइएको प्रमुख सचेतक खाँडले बताए।
संसदीय दलको बैठकले पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई अस्पताल विघटन गरे सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष चर्काउने चेतावनी पनि दिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया