एक छाक खानाको २२ करोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
एक छाक खानाको २२ करोड

सारांश

  • काठमाडौ, साउन ९ ।
  • एकातिर कुनै कम्पनीहरुले सबैखाले ग्राहक लोभ्याउनका लागि अनेक प्रकारका हतकण्डा अपनाउँछन् ।
  • अर्कोतर्फ भने केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् ।

काठमाडौ, साउन ९ । एकातिर कुनै कम्पनीहरुले सबैखाले ग्राहक लोभ्याउनका लागि अनेक प्रकारका हतकण्डा अपनाउँछन् । अर्कोतर्फ भने केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् ।उनीहरुले धनाढ्यलाई मात्र सेवा दिन्छन् र सर्वसाधारणहरु त्यसको सेवा लिने हिम्मत नै गर्दैनन् । तपाइँले होटेलमा एक छाक खाना डिनरको कति सम्म तिर्नुपर्ला रु भन्ने कल्पना गर्नुहुन्छ र?एक छाक डिनरको २२ करोड रुपैयाँ पर्छ भन्ने कुरा सायद कल्पना गर्नै गाह्रो पर्छ । तर सिंगापुरमा एउटा यस्तो होटेल छ जहाँ एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्छ ।उक्त होटेलमा त्यो दुनियाकै महंगो खानपिन आधा घण्टामै सकिने चाहीँ होइन । डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ । खानपिन सँगै त्यहाँ जोडीहरुलाई हावा तथा पानीको यात्रा समेत गराइन्छ ।

यो पनि पढ्नुहोस

बाढीपछि तराईमा सर्पको त्रास

सर्पले डसेर महोत्तरीको बर्दिबास २ का ४५ वर्षीय शिवनाथ महतोको असार ४ गते मृत्यु भयो। वर्षाले छानो चुहिरहेको थियो। टाली मिलाउन छानोमा हात हालेका उनलाई सर्पले टोक्यो। उनी बर्दिबासस्थित राजमार्गको विश्वकर्मा चोकमा चिया पसल गरेर गुजारा चलाउँथे।भब्सी खोलाको पुल बाढीले बगाएर यातायात अवरुद्ध थियो। बाढीले खोलाको वैकल्पिक बाटो बन्द थियो। उपचारका लागि उनी सर्लाहीको नवलपुरको सर्पदंश उपचार केन्द्र पुगे। तर उपचार सम्भव भएन। समयमा उपचार नपाउँदा उनले ज्यान गुमाए।असार ३० गते रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको पनि विषालु सर्पको टोकाईबाट ज्यान गयो। बाढीसँगै आएको विषालु सर्पले डसेर उनको मृत्यु भयो।

  असार २५ गते सर्पले डसेर अस्पताल भर्ना भएकी हरिवन नगरपालिका ९ कि अढाई वर्षीया सम्पदा बुढाथोकीको ज्यान गयो। बालिकालाई दुई ठाउँमा गोमन सर्पले टोकेको थियो। वर्षाका कारण तराईका जिल्लामा सर्पको बिगबिगी बढेपछि स्थानीयवासी त्रसित छन्। असार २७ देखि साउन २ गतेसम्ममा प्रदेश २ का ८ जिल्लामा २४८ जना सर्पदंशको शिकार भएका इपीडीमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाका प्रकाश घिमिरेले जानकारी दिए। ‘सर्प बस्ने दुलोमा पानी भरिएर सर्प बाहिर निस्केको छ,’ जनस्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने, ‘वर्षाले डुबानको समस्या छ। मानिसहरू घरबारविहीन छन्। साता अघिदेखि पाल टाँगेर सडक, बाँध किनारमा रात काटिरहेका छन्। सर्पको बिगबिगी बढेको छ।’ रातमा बाहिर निस्कँदा टर्चलाइट लिएर मात्र निस्किन उनको सल्लाह छ।असार २७ देखि साउन २ गतेसम्ममा एक सातामा प्रदेशभरमा १५ जनालाई विषालु सर्पले टोकेको थियो। रौत्तहटको गौर अस्पतालमा एक र जनकपुर अञ्चल अस्पतालमा एकजनाको ज्यान गएको छ। प्रदेश २ का ११ ठाउँमा सर्पदंशको उपचार हुन्छ। अन्नपुर्ण पोष्टबाट

             लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
बीबीसी। लीबियाको तट नजिक शरणार्थीको एउटा पानी जहाज डुवेको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार उक्त पानी जहाजमा सवार करिव १५० जनाको मृत्यु भएको आशंका गरिएको छ। जहाजमा सवार अरु १५० जनालाई स्थानीय माझीले बचाएका छन्। यूएनएचसीआरका प्रवक्ताका अनुसार लीबियाका कोस्टगार्डले उद्धार गरिएको १५० जनालाई किनारासम्म ल्याएका थिए।यो जहाज लीबियाको राजधानी त्रिपोलीबाट करिव १२० किलोमिटर टाढा अर्को शहरतर्फ जाँदै थियो। यद्यपी अहिलेसम्म यी शरणर्थी एउटा पानी जहानमा सवार थिए की दुईवटामा भन्ने पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।संयुक्त राष्ट्रसंघले बारम्बार जुन मानिसलाई भूमध्यसागरबाट बचाउन सकिन्छ, उनीहरुलाई फेरि लीबिया नपठाउन आग्रह गर्दै आएको छ। यसको कारण लीबियामा जारी संघर्ष र शरणार्थीसँ हुने अमानवीय व्यवहार हो। गत मे महिनामा ट्यूनीशियाको तट नजिक डुंगा डुब्दा कम्तिमा पनि ६५ जनाको मृत्यु भएको थियो। उद्धार गरिएका १६ जनालाई ट्यूनीशियाको तटसम्म ल्याइएको थियो।

   हजारौं शरणार्थी प्रत्येक वर्ष भूमध्यसागर पार गर्ने कोशिश गर्छन्। र, ती मध्ये अधिकांश शरणार्गी लीबियाका हुन्छन्। यी शरणार्थी जर्जर र क्षमता भन्दा धेरै मानिस भएका डुंगामा यात्रा गर्छन्। जसका कारण दुर्घटना हुने गरेको छ। तर २०१७ को मध्यदेखि शरणार्थीको यात्रामा नाटकीय रुपमा कमी आएको छ। यो कमीका एउटा कारण इटली हो, जो लीबियाको सेनासँग मिलेर शरणार्थीलाई रोक्ने काम गर्छ। यदि उनीहरुले समुन्द्रमा शरणार्थी भेटे भने फिर्ता पठाउँछन्। मानव अधिकारवादीहरुले भने यो कार्यको आलोचना गर्दै आएका छन्। २०१९ का पहिलो तीन महिनामा करिव १५ हजार ९०० प्रवासी र शरणार्थी तीन भूमध्यसागर रुटबाट युरोप आएका थिए। २०१८ को अनुपातमा यो संख्या १७ प्रतिशतले कमी हो।

             मोदी भदौमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ।

भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ । उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एकचरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन्।दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरिय भ्रमण हुने बलियो संकेत आएको छ, सुरक्षा निकायको उच्च स्रोतले भन्यो–‘कुनै कारणबस मोदीको भ्रमण भएन भने भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने बुझेका छौ।’ गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वा्चित भएका भारतीय समकक्षी मोदीलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए। गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी भएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दोहोर्याएका थिए।भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ)ले यो साता गरेको नेपाल भ्रमण अन्य राजनीतिक उद्देश्यका अतिरिक्त मोदी भ्रमणको वस्तुस्थिती बुझ्ने प्रयोजनका लागि पनि भएको बताइएको छ।भारतको छिमेक नीतिमा नेपाल पहिलो स्थानमा रहेको दोहोर्याउँदै आएका मोदी अघिल्लो कार्यकालमा नेपालमाथिको फरक नीतिका कारण नेपालमा मात्रै नभएर भारतमा पनि विवादमा तानिएका थिए। मोदीको अघिल्लो कार्यकालमा नेपालमाथिको नाकाबन्दी र त्यसपश्चात् नेपालमा विकास भएको भारत र मोदीविरोधी भावना र अन्य ‘सुरक्षाथ्रेट’ बारे भारतीय दूतावासमार्फत ‘रिर्पो्टिङ’ भइरहेको दूतावास स्रोतले जनाएको छ।तर मोदीको भ्रमणबारे त्यस्तो कुनै अग्रिम जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन्। मोदीको अघिल्लो कार्यकालको नेपाल भ्रमणबारेको कार्यतालिका भारतीय पक्षबाटै सार्वजनिक भएकाले यसपटक पनि त्यस्तै हुनसक्ने परराष्ट्रका अधिकारीहरुको बुझाइ छ। नेपाल समाचारपत्र दैनिक

             उड्ने मान्छे इंग्लिस च्यानलमा खसे……
एजेन्सी । उड्ने मान्छेका रुपमा परिचित फ्रान्सेली नागरिकले उड्ने बोर्डबाट इंग्लिस च्यानल आधा मात्र पार गरेका छन् । उत्तरी फ्रान्सबाट दक्षिणी बेलायतबीचको ५५ किलोमिटर दुरी २० मिनेटमा पार गर्ने उद्देश्यका साथ उडेका उनी आधा यात्रापछि तेल भर्ने क्रममा पानीमा खसेका थिए ।तेल भर्न डुंगामा उत्रन खोज्दा पूर्व जेट स्की च्याम्पियन फ्रान्की जापाटा खसेका थिए । तर, उनी घाइते भएनन् । जापाटाले हिम्मत हारेका छैनन् । अर्को प्रयास गरेर इंग्लिस च्यानल पार गर्ने बताए  सन्तुलन नमिल्दा डुंगामा केही सेन्टिमिटरका कारण पुग्न सकेनन् । जपाटाले पानीबाट १५ देखि २० मिटरमाथि रहेर १४० किलोमिटर गतिको यात्रा गर्दै बढेका थिए ।जापाटाले आफैले आविष्कार गरेको उड्ने मेशिन सानो जेट इन्जिनले बनेको छ । यो मट्टितेलबाट चल्छ । मेशिन सैन्य प्रायोजनमा पनि काम लाग्ने गरी परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?