४७ वर्षपछि घर फिरे एक वृद्ध !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
४७ वर्षपछि घर फिरे एक वृद्ध !

सारांश

  • बेसीशहर, १४ साउन ।
  • घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन् ।
  • बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर पर्किएका छन् ।

बेसीशहर, १४ साउन । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन् । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर पर्किएका छन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुगेका हुन् । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उनले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताए ।

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताए । “बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन् जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी लागेको छ” खड्काले भने । प्रेमबहादुरको उमेर ७० वर्ष नाघे पनि अहिलेसम्म नेपाली नागरिकता छैन । “मेरो बुबा÷आमाले पनि नागरिकता बनाएको मलाई थाहा छैन” उनले भने  “७० वर्ष पुगेपछि यहाँ वृद्ध भत्ता पाइँदो रहेछ, नागरिकता बनाउन पाए सजिलो हुने थियो ।”

२००४ साल वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने खड्का बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि २०२८ सालमा बुबा चन्द्रबहादुर बित्दा जम्मा १४ दिन काजकिरियाको लागि घर अाएका थिए । त्यसपछि पुनः भारत फर्कनुभएका प्रेमबहादुर अहिले ४७ वर्षपछि गाउँ अाएका हुन् । बुबा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने खड्का अहिले सौतेनी आमापट्टिका छोराअर्थात् भाइ तिलकबहादुर खड्काको परिवारसँग रहेका छन् । खड्काले आफू अहिलेसम्म अविवाहित नै रहेको बताए ।

धेरै वर्षपछि घर फर्कने क्रममा भारतकै मेघालयमा कुटपिटका साथै लुटिएको खड्काले दुःखेसो पाेखे। सातजनाको समूहले उहाँको साथमा रहेको २३ हजार भारतीय रुपियासमेत लुटेको उनले बताए। कुटपिट गरेर जंगलमा फालिएका प्रेमबहादुरलाई मेघालयका स्थानीयले फेला पारेर बचाएका थिए । बेवारिसे अवस्थामा पुगेका प्रेमबहादुरलाई लमजुङ धमिलिकुवाका एकजना गुरुङ थर भएका व्यक्तिले खर्च हालेर घर पठाएका हुन् । आफूलाई घर ल्याइदिने व्यक्तिले घर धमिलिकुवा भने पनि नाम भने थाहा नभएको उनले बताए ।

साभारः रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैै
चितवनमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैै
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
महिला भलिबलमा नेपाल सेमिफाइनलमा
महिला भलिबलमा नेपाल सेमिफाइनलमा
रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु
रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
आठ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
आठ वर्षीया बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने
महोत्तरी : ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि
महोत्तरी : ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि

तपाईंले छुटाउनुभयो कि?