१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार

सारांश

  • मुम्बई।
  • कोलावेरी डी गीतमार्फत बलिउडमा चर्चित बनेका र युवा पुस्ताको मुटुमा राज गर्ने दक्षिण भारतीय सुपरस्टार धनुषलाई आज नचिन्ने मानिस सायदै होलान्।
  • दक्षिण भारतीय फिल्मको चर्चित अनुहार तथा सुपरस्टार रजनीकान्तका ज्वाईँ भएका कारण उनको स्टारडम निकै ठूलो छ।

मुम्बई। कोलावेरी डी गीतमार्फत बलिउडमा चर्चित बनेका र युवा पुस्ताको मुटुमा राज गर्ने दक्षिण भारतीय सुपरस्टार धनुषलाई आज नचिन्ने मानिस सायदै होलान्। दक्षिण भारतीय फिल्मको चर्चित अनुहार तथा सुपरस्टार रजनीकान्तका ज्वाईँ भएका कारण उनको स्टारडम निकै ठूलो छ। उनी कयौं विलासिता सामानको शोखिन छन्। आज उनको ३६ औं जन्म दिन पनि हो। त कसरी उनी जिरोबाट हिरो बने आज हामी त्यसको विषयमा जानकारी दिँदैछौं।बाल्यकालदेखि नै फिल्म उद्योगदेखि टाढा बस्न रुचाउने धनुष आज काँचको पर्दाका चर्चित नाम बनेको छ। उनले कहिल्यै पनि नायक बन्न चाहेनन्। बरु उनको रुची शेफ बन्ने थियो। त्यसो हुनाले उनले होटल म्यानेजमेण्ट कोर्स गर्ने सोचेका थिए। तर उनको भाग्यमा अरुकै केही लेखिको थियो।

 

धनुषको वास्तविक नाम वेंकटेश प्रभु कस्तुरी राज हो। धनुषलाई सुरुदेखि नै अध्ययनमा रुची थिएन। उनी १२ कक्षामा फेलसमेत भएका थिए। तर बुवाको निर्देशनमा बनेको फिल्म ‘थुल्लुवाधो इलामाई’ मा काम गरेर उनी अभियनको दुनियामा प्रवेश गरे। २००३ मा रिलीज भएको धनुषले अभियन गरेको फिल्म ‘तिरुदा तिरुदी’ ब्लकबस्टर हिट भयो। यो फिल्मले धनुषको सिक्का साउद फिल्म उद्योगमा स्थापित गरिदियो।

साउथ जगतको चर्चित अनुहार बनेपछि धनुषलाई चर्चित गीत कोलावेरी डी मार्फत उनी झन चर्चित बने। २०१२ मा एक तमिल फिल्ममा गाएको उनको यो गीत निकै हिट भयो। यो गीतको लोकप्रियताको अनुमान कसरी पनि लगाउन सकिन्छ भने यो गीतलाई यूट्यूबमा मात्रै १०० मिलियन पटक हेरिएको छ।

धनुष सादा जीवन, उच्च विचारको सिद्धान्त अनुसार हिँड्न मन पराउँछन्। तर उनी कयौं विसाली वस्तुको शोखिन छन्। तर उनले आफ्नो धरातलीय यथार्थलाई कहिल्यै पनि भुलेनन्। धनुषले चेन्नईमा निकै आलिशान घर बनाएका छन्। जसको मूल्य करिव १८ करोड रुपैयाँ छ। यो घरमा सबै प्रकारका सुख सुविधा छन्।

धनुषको एउटा गेष्ट हाउस पनि छ। उनी आफ्ना नजिकका साथीसँग समय बिताउन बेला बेलामा त्यो गेष्ट हाउसमा जाने गर्छन्। धनुष विलाशी गाडीको पनि निकै शोखिन छन्। उनीसँग विभिन्न मोडलका विसाली गाडी छन्। उनीसँग भएका सबै गाडीको मूल्य करिव पाँच करोड भन्दा धेरै छ। धनुषको इच्छा शेफ बन्ने थियो, त्यसो हुनाले उनी खाना बनाउन निकै निपूर्ण छन्। उनीसँग किचनसँग सम्बन्धित निकै महंगा सामान छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?