एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !

सारांश

  • काठमाडाैँ १२ असाेज ।
  • एसिया कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा बंगलादेश र भारत भिडिरहेका छन् ।
  • टस हारेर ब्याटिङ्काे निम्ताे पाएकाे बंगलादेशले सुखद सुरुवात गरेकाे छ  ।

काठमाडाैँ १२ असाेज । एसिया कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा बंगलादेश र भारत भिडिरहेका छन् । टस हारेर ब्याटिङ्काे निम्ताे पाएकाे बंगलादेशले सुखद सुरुवात गरेकाे छ  ।

युएइकाे दुवइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिले ब्याटिङ् गरेकाे बंगलादेशले अाफ्नाे पहिलाे अर्धसतक पुरा गरेकाे छ । प्रारम्भिक ब्याट्सम्यान लिटाेन दासले अाक्रामक खेल खेलेपछि बंगलादेशले अाठाैँ अाेभरमा अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे हाे ।

१० अाेभरकाे खेल सकिँदा बंगलादेशले कुनै पनि विकेट नगुमाइ ६५ रन बनाएकाे छ । भने लिटन दास ४७ र मेहिदी हसन व्याक्तिगत १६ रनमा खेलिरहेका छन् ।

भारत प्रतियाेगितामा अहिले सम्म पराजित भएकाे छैन भने बंगलादेश समूहचरणमा अफगानिस्तानसँग र सुपर ४ मा भारतसँगै हार व्यहाेरेकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?