स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
२० पटक हेरिएको
Shares
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित

सारांश

  • काठमाडौं।
  • नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता ९लाइसेन्स परीक्षा० अन्तर्गत स्नातक तह(एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ।
  • शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए।

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता ९लाइसेन्स परीक्षा० अन्तर्गत स्नातक तह(एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ।शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए। तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा ढुण्डिराज पौडेलले जानकारी दिए। काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन। पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ।

यसैबीच नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा बाबुराम मरासिनीलाई दिइएको छ। निर्वाचन माघ महीनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन्।

सङ्घको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८आँै सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए। सङ्घमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?