‘सेक्स’सँग जोडिएका नेपालीका काण्डहरू

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
‘सेक्स’सँग जोडिएका नेपालीका काण्डहरू

सारांश

  • काठमाडौं, २८ साउन ।
  • ‘सेक्स’ राजीखुसीमा भए चमत्कार र बलजफ्ती भए बलात्कार नै हो ।
  • नेपालको संविधानले नै यसलाई व्याख्या गरेको छ ।

काठमाडौं, २८ साउन । ‘सेक्स’ राजीखुसीमा भए चमत्कार र बलजफ्ती भए बलात्कार नै हो । नेपालको संविधानले नै यसलाई व्याख्या गरेको छ । अझ नयाँ कानुनले त २० बर्ष मुनीको ‘सेक्स’लाई वैधतामा बर्जितमात्र गरेको छैन, बलात्कार नै भनेको छ । नयाँ देवानी कानुनमा यस्तो उल्लेख छ । तै पनि नेपाली समाजमा ‘सेक्स’सँग जोडिएका अपत्यारिला काण्डहरू सार्वजनिक हुन भने छाडेका छैनन् ।

अपराधको चरणमा नपुगेका तर राजीखुसीमा बलजफ्तीदेखि हाडनातामा मायाप्रेमदेखि ‘सेक्स’सम्मका घटनाहरू नेपाली समाजमा देखिएका हुन् । शनिबार झापाको विर्तामोड प्रहरीमा एक जना पत्नीले आफ्ना पतिविरुद्ध बलात्कारको उजुरी गरिन् । प्रहरीले पतिलाई पक्राउ गरी कारबाही अगाडी बढाएको छ । झापाको बिर्तामोड नगरपालिकाकी २२ वर्षीय एक युवतीले आफ्नो पतिद्वारा बलात्कार भएको उजुुरी गरेकी थिइन् । ‘१०÷१२ दिन हराउने र आएको बेला ‘सेक्स’का लागि दबाब दिँदै जबरजस्ती गर्छन्’, उनको उजुरीमा छ ।

रुक्मणी (नाम परिवर्तन) एकजना प्रहरीका अधिकारीसँग किर्तिपुुरमा लिभिङ टुगेदरमा थिइन् । उनीहरूबीच सहमतिमा कयन पटक ‘सेक्स’ भयो । जब ति प्रहरी अधिकारीले उनलाई छाडिदिए बलात्कारको उजुरी बोकेर गत बर्षको माघ महिनामा उनी काठमाडौं प्रहरी परिसरमा पुगिन् । उनले आफुलाई पटक–पटक बलात्कार भएको उजुरीमा उल्लेख गरेकी थिइन् ।

‘सेक्स’का लागि कुनै दायरा नसोच्ने पासविक विचारका कतिपय मान्छेहरू अहिले थुनामा पनि छन् । धनुषाको भरतपुर ५ का रामकृष्ण भन्ने रुद्रबहादुर दाहालले जन्म दिने आफ्नै आमालाई बलत्कार गरेका कारण अहिले जेलको हावा खाइरहेका छन् ।

१८ अषाढ २०७१ मा आमा बिरामी भई सुतिरहेको अवस्थामा ज्यान मार्ने धम्की दिएर आमाको बलात्कार गरेका थिए । बुबा सिरहाको बन्दीपुरमा काम गर्न गएको बेला बुवाको लागि रुद्रले खाना लिई खेतमा पु¥याई त्यहाँ आफ ैपनि लेबरको काम गरि रक्सी खाई साँझ साढे ७ बजे तिर घर फर्केका थिए । उनकी आमा र सुस्त मनस्थितिका दिदी मात्र घरमा बसेका थिए ।

आमा घरमा सुतेको बेला उत्तेजित भई एक्कासी उसले आमाको सम्बेदनशिल अंग (स्तन) समाति आमाले हो–हल्ला गरेपछि लगाएको साडी जवरजस्ती फुकाली आमाको मुख छोपी मार्ने धम्की दिएर बलात्कार गरे । ९ अषाढ २०७१ मा आमाले लगाएको साडी फरियाले मुख छोपी, आमाको कपडा खोली बलात्कार गरेका थिए । पहिलो पटक आमालाई बलात्कार गर्दा आमाले प्रहरीमा उजुरी नगरेपनि दोस्रो पटक प्रहरीको ढोका खटखटाएका थिए । १२ साउन २०७१ मा ४५ वर्षिय पीडित आमाले आफैले जन्म दिएको छोराले आफुलाई जवरजस्ती करनी गरेको भन्दै छोरा रामकृष्ण भन्ने रुद्र बहादुर दहालविरुद्ध धनुषा जिल्ला अदालतमा जवरजस्ती करनी र हाडनाता करनीको मुद्दा दायर गरेकी थिइन् । १५ साउन २०७१ मा न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले पक्राउ परेका रुद्रलाई मुद्दा पुर्पक्षको लागि सिन्धुली कारागार स्थित थुनामा राख्न आदेश दिएको थियो ।

धनुषाको दिगम्बरपुरमा नातामा ठुलो बुवा पर्नेले आफ्नै भतीजीलाई जवरजस्ती करनी गरेको अभियोगमा अहिले थुनामा छन् । दिगम्बरपुर वडा नं. ३ का ५० वर्षिय हरिशचन्द्र ठाकुरले १७ बैशाख २०७० मा आफ्नो भतिजीलाई बल जवरजस्ती भुइँमा लडाई निजले लगाएको समिज र सुरुवाल खोली जवरजस्ती करणी गरेको अभियोगमा २७ बैशाख २०७० मा पक्राउ परेका थिए ।

उनलाई करणीको महल र हाडनाता करनीको महल बमोजिम कारवाही गर्न १६ जेष्ठ २०७० मा धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । उनले अपराध स्वीकारेका थिए ।

हवसले अपराध निम्त्याउँछ, संगतले प्रेमराग पनि पलाउँछ । यस्तो घटना पनि नेपालमा भएको छ । ९ माघ २०७० मा भ्रमरपुरा गाविस वडा नं. २ बस्ने देवेन्द्र महतो नुनियाको छोरी हिरा कुमारी महतोको सुगा भवानीपट्टी ६ बस्ने बेचन महतो नुनियाको छोरा राजकिशोर महतोसँग विवाह भएको थियो ।

२०७१ साल बैशाखमा राजकिशोर महतो हरनियाको अपरेशन गराउन सासु रेखा देवी महतोलाई लिएर भारत विहारको मधुवनी जिल्ला स्थित मटिहानीमा उपचार गराउन गएका थिए ।

उपचार गराउने क्रममा सासु रेखा देवी ज्वाई राजकिशोरबीचमा माया प्रेम परेपछि दुवैजनाबीच शारीरिक सम्बन्ध समेत स्थापित भयो । २०७१ साल जेष्ठमा भ्रमरपुराबाट दुवै जना भारतको आगरामा भागी करिब २ सप्ताह होटेल र लजमा बसे ।

२०७१ साल अषाढ महिनामा तिनीहरू नेपाल आई विवाह गरेका थिए । सासुसँग विवाह गरि राजकुमारले आफ्नो घर सुगा भवानीपट्टीमा राख्न थालेपछि स्थानीयवासीहरूले समेत विरोध गरेका थिए । त्यसपछि राजकुमारको पहिलो पत्नी हिराकुमारी महतोले आफ्नै आमा र श्रीमान राजकुमार महत्तोलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले ती दुवै जना सासु र ज्वाइँलाई पक्राउ गरी हाडनाता करणी र बहुविवाहको मुद्दा अदालतमा दर्ता गरेका थिए ।

उता, आफ्ना पति कहिले पनि घरमा नआएको भनी प्रहरीमा एक महिलाले उजुरी गरिन् । उजुरीमा अपहरणमा परेको पनि बताएकी थिइन् । प्रहरीले खोजी गरी पति जिम्मा लगायो । त्यसको १०÷१५ दिनमा फेरि उनै महिलाले सोही प्रकारको उजुुरी गरिन् । प्रहरी दिक्क भयो ।

‘कुरा बुझ्दै जाँदा पत्नीले यौन सुख नपाएको र पति अर्की महिलासँग लागेको थाहा भयो’, प्रहरी भन्छ,‘यस्ता घटनाका उजुरी यदाकदा पर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली कम्पनीसँग महानगरको सम्झौता
कोरियाली कम्पनीसँग महानगरको सम्झौता
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  हेटौडामा !
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा
जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने
जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने
प्रदेश-२ मा लेखा कर्मचारीको अभाव
प्रदेश-२ मा लेखा कर्मचारीको अभाव
उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।