भारतमा बढ्दो पेट्रोलियम पदार्थको भाउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
भारतमा बढ्दो पेट्रोलियम पदार्थको भाउ

सारांश

  • भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ ।
  • आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.
  • ५९ र डिलेजमा १.

भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ । आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.५९ र डिलेजमा १.३१ भरतीय रुपैयाँका दरले मूल्यवृद्धि भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन हमलाका कारण क्षति पुगेपछि भएको तेलको उत्पादन कटौतीका कारण मूल्यमा असर परेको हो ।

लगातारको मूल्यवृद्धिमा यो उच्च हो । योपटक भने मूल्यमा अघिल्लो पटकको भन्दा बढी अनुपातमा वृद्धि भएको हो । भारतले तेल आयात गर्ने देशहरुमध्ये साउदी अरेबिया दोस्रो नम्बरमा पर्दछ । साउदी अरेयिबाट भारतले हरेक महिना १२ देखि १३ लाख टन कच्चा तेल खरिद गर्दछ । (एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?