अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • अमेरिकाको क्यालिफोर्नियाको फुड फेस्टिवलमा गोलीबारी हुँदा दुई बच्चासहित तीन जनाको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ६ वर्षका बालक र १३ वर्षीया बालिकासमेत रहेका छन्।

बीबीसी। अमेरिकाको क्यालिफोर्नियाको फुड फेस्टिवलमा गोलीबारी हुँदा दुई बच्चासहित तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ६ वर्षका बालक र १३ वर्षीया बालिकासमेत रहेका छन्। यो गोलीबारीमा १५ अन्य घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार आइतबार साँझ भएको घटनाका अभियुक्त प्रहरी कारवाहीमा मारिएका छन्। यो आक्रमणमा अन्य कसैको हात भए नभएको विषयमा प्रहरीले जाँच गरिरहेको जनाएको छ। प्रहरीले मारिएका आक्रमणकारीको पहिचान गरेको छ। १९ वर्षीय स्यान्टिनो विलियम लेगानले गोली चलाएको प्रहरीले पुष्टि गरेको छ।

आक्रमणकारीले ‘गिलराय गार्लिक फेटिस्वल’ मा स्थानीय समय अनुसार आइताबर साँझ गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार प्रहरी कारवाहीमा मृत्यु भएका आक्रमणकारीबाट असल्ट राइफल बरामद गरेको छ, जुन उनले अवैध तरिकाबाट किनेका थिए। स्थानीय संचारमाध्यमले गोलीबारीमा मृत्यु भएको ६ वर्षीय बालकको पहिचान स्टीफन रोमेरोको रुपमा गरेको छ।

स्टीफनकी आमा र दिदी पनि गोली लागेर घाइते भएका छन्। यद्यपी प्रहरीले मृत्यु भएका कसैको नाम पनि आधिकारिक रुपमा पुष्टि गरेको छैन। प्रहरीका अनुसार गोलीबारीमा करिव २० वर्षका युवकको पनि मृत्यु भएको छ।

अन्तराष्ट्रिय रंगशालाका लागि एक सातामै डेढ करोड संकलन
रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो ।

यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म रु एक करोड ४७ लाख ८८ हजार ५५५ सङ्कलन भइसकेको धुर्मश–सुन्तली फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए ।

उनका अनुसार पूर्वेली समाज चितवनले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिबाट रु २४ लाख, उद्योग वाणिज्य सङ्घ चितवनबाट रु ५५ लाख ५५ हजार ५५५, भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट रु ५० लाख, उद्योग सङ्घबाट रु १२ लाख ५० हजार, अक्सफोर्ड कलेज गैँडाकोटबाट रु दुई लाख ३३ हजार र क्रिकेट सङ्घ चितवनबाट रु दुई लाख ३३ हजार सङ्कलन भएको हो ।

रङ्गशाला निर्माणको प्रारम्भिक चरणमा बोलकबोल रकम रु छ करोड ५० लाख थियो भने त्यसपछि विभिन्न व्यक्ति र कार्यक्रमबाट रु एक करोड ३१ लाख सङ्कलन भएको थियो ।

रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सहयोग समिति गठन भएको छ । संयोजक डल्लाकोटीका अनुसार जिल्लाका छ स्थानीय तहमा सहयोग समिति गठन गरिसकिएको छ ।

सबैले आ–आफ्नो ठाउँबाट काम गर्न थालेका छन् । भरतपुर महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा सहयोग समिति गठन भएको छ भने प्रमुखको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।

प्रमुख रेनु दाहालका अनुसार बिचमा रोकिएको काम शुरु भएसँगै जिल्लामा रङ्गशाला निर्माणका लागि लहर शुरु भएको छ । विभिन्न सङ्घ संस्था र व्यक्तिले सहयोगका लागि ईच्छा व्यक्त गर्न थालेको उनले जानकारी गराए ।

फाउण्डेसनका अध्यक्ष कट्टेलका अनुसार अहिले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ भने निर्माण स्थलमा बार लगाउने, मैदानका लागि आवश्यक दुबो गोडमेल गर्ने, सुरक्षाकर्मीको निवास निर्माण लगायतका काम भइरहेका छन् । जिल्लावासीले अपनत्व लिएसँगै देश र विदेशमा रङ्गशाला निर्माणका लागि माहोल बन्दै गएको उनको भनाई रहेको छ ।

यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साउन १८ गते आसपासमा देश बाहिर जाने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर र अर्का अध्यक्ष प्रचण्ड भने पार्टीकै भेटघाटको सिलसिलामा दुवई जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओली यही साउन १८ गते सिंगापुर जाने तय भएको छ । पछिल्लो समय नेपालमै स्वास्थ्य परीक्षण गराईरहेका ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने निधो गरेका हुन् ।

पार्टीका विभिन्न विभागको नेतृत्व चयन गर्ने भनेर आज डाकिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराएका थिए । सोही कारण सचिवालयको अर्को बैठक साउन २८ गते बस्नेगरि स्थगित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?