नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३३ पटक हेरिएको
Shares
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु

सारांश

  • काठमाडौं।
  • ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
  • शुक्रबार दिउँसो उनहिरुबीच भिडन्त भएको ललितपुर प्रहरीले जनाएको छ ।

काठमाडौं। ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो उनहिरुबीच भिडन्त भएको ललितपुर प्रहरीले जनाएको छ । भिडन्तमा गम्भीर घाइते भएका एक जनालाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको ललितपुर प्रहरीले बतायो ।ट्रमा सेन्टर पठाइएका घाइतेको मृत्यु भएको छ । ट्रमा सेन्टरले घाइते अस्पताल ल्याउँदा नै मृत भएको अस्पतालले जनाएको छ । अस्पतालले उनलाई मृत घोषित गरेको छ ।

कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो ।ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ यद्यपि यसको पुष्टि भएको  छैन ।

यो पनि पढ्नुहोस

पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते

बाजुरा। लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ। पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन्। जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
खुसी लिएर क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीले मन्त्रीलाई मैदान मागे
खुसी लिएर क्रिकेट टोली स्वदेश फिर्ता, क्रिकेटप्रेमीले मन्त्रीलाई मैदान मागे
कैलालीका किसान बगर खेतीमा रमाउँदै
कैलालीका किसान बगर खेतीमा रमाउँदै
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
भक्तपुरमा बोलेरो जिपले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
विद्युतीय गाडी एमजी जेडएसको आकर्षण, असारसम्मकै लागि ‘सोल्ड आउट’
विद्युतीय गाडी एमजी जेडएसको आकर्षण, असारसम्मकै लागि ‘सोल्ड आउट’
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने

तपाईंले छुटाउनुभयो कि?