एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
सारांश
- काठमाडौं।
- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रदेश अधिवेशन आगामी मंसिरभित्र गर्न निर्देशन दिएको छ।
- उसले जिल्ला अधिवेशन पनि २०८१ सालभित्रै गर्न मातहतका कमिटीमा विशेष निर्देश गरेको छ।
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रदेश अधिवेशन आगामी मंसिरभित्र गर्न निर्देशन दिएको छ। उसले जिल्ला अधिवेशन पनि २०८१ सालभित्रै गर्न मातहतका कमिटीमा विशेष निर्देश गरेको छ।
एकीकृत समाजवादीको हालै सम्पन्न १०औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी, स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न मातहतका कमिटीलाई जारी गरिएको अन्तरपार्टी निर्देशन ३ (अपानि ३) मा प्रदेश अधिवेशन मंसिर महिनाभित्र र जिल्ला अधिवेशन २०८१ सालभित्र गरिसक्न भनिएको छ।
‘पार्टीका प्रदेश अधिवेशन आगामी मंसिर महिनाभित्र गरिसक्ने, साविक प्रदेश कमिटीको आयोजनामा आगामी प्रदेश अधिवेशन आयोजना गर्ने , दसैं भन्दा अगाडि साविक प्रदेश कमिटीको बैठक बसी प्रदेश अधिवेशनसम्बन्धी योजना बनाउने,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानि ३ मा भनिएको छ, ‘पार्टीका जिल्ला अधिवेशन २०८१ सालभित्र सम्पन्न गरिसक्ने।’
यसैगरी, एक व्यक्ति दुईवटा पार्टी कमिटीमा रहन नसक्ने विधानको व्यवस्था भएकाले जिल्ला कमिटीका पदाधिकारी केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित भएको छ भने ती जिल्लामा १५ दिनभित्र जिल्ला कमिटीको बैठक बसी सो पदाधिकारीका ठाउँमा पदपूर्ति गर्न भनिएको छ।
केन्द्रीय कमिटीका सदस्यको कार्यक्षेत्र विभाजन र केन्द्रीय आयोग, सल्लाहकार परिषद्का साथै ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिने निर्णय भएको छ।
केन्द्रीय कमिटीका पदधिकारी र पोलिटब्युरोको निर्वाचनका सम्बन्धनमा उठेका विभिन्न प्रश्नमाथि आवश्यक छानबिन गर्न पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ उपाध्यक्ष पाण्डे र महासचिव भुसालसहितका नेताले जिम्मेवारी दिइएको छ।
यसैगरी, हालका लागि पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी उपमहासचिव रामकुमार भट्टराईलाई दिइएको छ। महाधिवेशनका दस्तावेज र महाधिवेशनको समीक्षा प्रतिवेदन एक महिनाभित्रमा जारी गरिने अपानी ३ मा उल्लेख गरिएको छ। यस्तै, एकीकृत समाजवादीले पार्टीमा कार्यसम्पादन मूल्यांकनको परिपाटी स्थापित गर्ने भएको छ। त्यसका लागि निर्देशिका बनाउन कमिटी गठन गरिएको छ।
वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, लक्ष्मण केसी, विरोध रिजाल, उमेश रुपाखेती सदस्य रहनेगरी कार्यदल गठन भएको छ । यसैगरी, एकीकृत समाजवादीले पार्टीको आचारसंहिता बनाएर कडाइका साथ लागू गर्ने जनाएको छ । आचारसंहिता उल्लंघन गर्नेलाई एकीकृत समाजवादीले कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीका सबैस्तरका नेताको कार्यसम्पादनको यथार्थ मूल्यांकन गर्ने प्रणाली बनाइने निर्णयसमेत एकीकृत समाजवादीले गरेको छ । ‘कार्यसम्पादन गर्न नसक्ने जोकोही आफ्नो जिम्मेवारीबाट मुक्त हुन मन्जुर छौं भन्ने प्रतिबद्धता जाहेर गर्नु पर्नेछ,’ अपानि ३ मा उल्लेख गरिएको छ । रिक्त स्थानीय तहका विभिन्न पदमा १६ मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टीको उम्मेदवारलाई विजय गराउने उद्देश्यले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन भएको छ ।
सो कमिटीमा कोशी प्रदेशको जिम्मेवारी हेर्ने गरी उपाध्यक्ष जयन्ती राई, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव राजेन्द्रकुमार राई रहेका छन् । यस्तै, मधेस प्रदेशको समेत जिम्मेवारी हेर्नेगरी उपाध्यक्ष धर्मनाथप्रसाद साह, उपमहासचिव रामकुमार भट्टराई सदस्य रहेका छन् । बाग्मती प्रदेशबाट उपाध्यक्ष डा.गंगालाल तुलाधर, सचिव सावित्राकुमारी भुसाल, गण्डकी प्रदेशबाट सचिव श्रीनाथ बराल, लुम्बिनी प्रदेशबाट उपमहासचिव मेटमणि चौधरी र सचिव सोमप्रसाद पाण्डे रहेका छन् ।
कर्णाली प्रदेशबाट उपाध्यक्ष प्रकाश ज्वाला, सचिव चन्द्रबहादुर शाही सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्ष भानुभक्त जोशी, उपमहासचिव गरिमा शाह, सचिव गणेश विक, सचिव शेरबहादुर कुँवर रहेका छन् । यसैगरी कानुन क्षेत्रबाट पोलिटब्युरो सदस्य घनप्रसाद गौतम र एक जना कानुनविद्लाई राखिएको छ । परिचालन कमिटीको सदस्य रहेका नेता जुन प्रदेशबाट जिम्मेवारी पाएका छन् सो प्रदेशको काम गर्नेछन् ।
यसैगरी, पार्टी केन्द्रीय कमिटीको कार्यविभाजन नहँ ुदासम्म प्रदेशका पार्टी कामलाई संयोजन गर्ने जिम्मेवारीसमेत तोकिएको छ । जसअनुसार उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव राजेन्द्र राई र सचिव बलदेव चौधरीले कोशी प्रदेशअन्तर्गतको पार्टी कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन् । मधेस प्रदेशअन्तर्गतको पार्टी कामको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष धर्मनाथ प्रसाद साह र उपमहासचिव रामकुमार भट्टराईले पाएका छन् ।
यस्तै, बाग्मतीमा उपाध्यक्ष डा. गंगालाल तुलाधर र सचिव सावित्रा भुसाल, गण्डकीमा सचिव श्रीनाथ बराल, लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी र सचिव सोमप्रसाद पाण्डे, कर्णालीमा उपाध्यक्ष प्रकाश ज्वाला र सचिव चन्द्रबहादुर शाहीले जिम्मेवारी पाएका छन् । सुदूपश्चिम प्रदेशमा उपाध्यक्ष भानुभक्त जोशी, उपमहासचिव गरिमा शाह र सचिव शेरबहादुर कुँवर, उपत्यका विशेष प्रदेशअन्तर्गतको पार्टी कामको संयोजन पोलिटब्युरो सदस्य विश्वनाथ प्याकुरेल सम्पर्क विशेष प्रदेश कमिटीको संयोजन पोलिटब्युरोद्वय विजय गुरुङ र लक्ष्मण केसी र प्रवास विशेष क्षेत्रको पार्टी कामको संयोजन पोलिटब्युरो सदस्य श्रीप्रसाद साहले गर्ने जिम्मेवारी पाएका छन् ।
यसैगरी, स्थायी कमिटीमा अहिले पदाधिकारीमा रहेका २४ जना नेतालाई राखिएको छ । १ सय ८ सदस्यीय पोलिटब्युरो कमिटी रहेको छ । स्थायी कमिटीमा अध्यक्ष नेपाल, सम्मानित नेता खनालसहित वरिष्ठ नेतात्रय डा.बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतसहितका नेताहरू रहेका छन् । भुसाल, हमाल र बस्नेतलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्दै उनीहरूको मर्यादाक्रम सम्मानित नेतापछिको राखिएको छ ।
यस्तै, स्थायी कमिटीमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष धर्मनाथ प्रसाद साह, जयन्ती राई, प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्र राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई सचिव सावित्रा भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, बलदेव चौधरी, श्रीनाथ बराल, गणेश विक र शेरबहादुर कुँवर स्थायी कमिटीमा रहेका छन् ।
الأنابيب الخرسانية المسلحة
قنوات الكابلات الكهربائية (المعدنية) يفخر مصنع إيليت بايب في العراق بتقديم قنوات الكابلات الكهربائية (المعدنية) ذات الجودة العالية، المصممة لتوفير قوة وحماية فائقة لأنظمة الأسلاك الكهربائية. تم تصميم قنواتنا المعدنية لتحمل الظروف القاسية، مما يوفر حماية قوية ضد الصدمات الميكانيكية والتداخل الكهرومغناطيسي. مثالية للتطبيقات الشديدة، هذه القنوات ضرورية لضمان سلامة وموثوقية التركيبات الكهربائية. كأحد الأسماء الرائدة في الصناعة، يتميز مصنع إيليت بايب بجودة عالية وموثوقية في إنتاج القنوات المعدنية التي تلبي أقسى المعايير. اكتشف المزيد على موقعنا: elitepipeiraq.com.
truck scale installation Iraq
Bwer Company is a top supplier of weighbridge truck scales in Iraq, providing a complete range of solutions for accurate vehicle load measurement. Their services cover every aspect of truck scales, from truck scale installation and maintenance to calibration and repair. Bwer Company offers commercial truck scales, industrial truck scales, and axle weighbridge systems, tailored to meet the demands of heavy-duty applications. Bwer Company’s electronic truck scales and digital truck scales incorporate advanced technology, ensuring precise and reliable measurements. Their heavy-duty truck scales are engineered for rugged environments, making them suitable for industries such as logistics, agriculture, and construction. Whether you’re looking for truck scales for sale, rental, or lease, Bwer Company provides flexible options to match your needs, including truck scale parts, accessories, and software for enhanced performance. As trusted truck scale manufacturers, Bwer Company offers certified truck scale calibration services, ensuring compliance with industry standards. Their services include truck scale inspection, certification, and repair services, supporting the long-term reliability of your truck scale systems. With a team of experts, Bwer Company ensures seamless truck scale installation and maintenance, keeping your operations running smoothly. For more information on truck scale prices, installation costs, or to learn about their range of weighbridge truck scales and other products, visit Bwer Company’s website at bwerpipes.com.