प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ ।
  • प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।
  • उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले स्वहोर्नेछ । ‘कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन’ उनले भने, ‘प्लेन खर्च बाहेक अरु उहाँको निजी खर्च हुनेछ ।’

उनले अघि भने, ‘उपचार खर्च प्रधानमन्त्री स्वयंमले आफ्नै व्यवस्थापनमा गर्नुहुन्छ ।’ बास्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्यलाभको कामना गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !
नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने ।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । थापाको नाम नलिइ नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरेका छन् ।

पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन्। चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६ः१७ बजे साङ्गाटबाट उडेका थिए। उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।

उक्त फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ। जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन्। जपाटाको पहिलो प्रयास विफल भएको थियो। उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन्।

यसपालि भने ३५.४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो। गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो।

फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ। सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
बैंकहरुलाई अब अर्थमन्त्रालयले ‘म्याण्डेटरी’ बनाउनुपर्छ : सचिव जिसी
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
अार्इसियु मा रहेका देवकाेटालार्इ बावुराम भट्टरार्इले भेटेर के भने ?
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
अर्थतन्त्रको कन्तबिजोक तथ्यांकमा छरपस्ट
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
ओली र नेपालबीचको मनमुटाव उत्कर्षमा, बोलचाल नै बन्द
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा

तपाईंले छुटाउनुभयो कि?