ज्ञानेन्द्र शाह फेरि राजा बन्ने सनसनीपूर्ण खुलासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२८ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाह फेरि राजा बन्ने सनसनीपूर्ण खुलासा

सारांश

  • राजनीतिक विश्लेषक डा.
  • अरुणकुमार सुवेदीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।
  • सोमबार राति प्राईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुवेदीले यस्तो बताएका हुन् ।

राजनीतिक विश्लेषक डा. अरुणकुमार सुवेदीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । सोमबार राति प्राईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुवेदीले यस्तो बताएका हुन् । उनले नेपालमा हिन्दूराष्टपनि पूर्नस्थापना हुने दाबी गरेका छन् ।

सुवेदीले देशको पछिल्लो अवस्था शिथिल रहेको बताएका छन् । देशको राजनीतिक प्रणालीमा नै त्रुटि रहेको उनको दाबी छ । नेपालको नयाँ संविधान नेपाली जनता र देशको लागि अभिषाप साबित हुनेछन् भनेर आफुहरुले संविधानको मस्यौदा गर्दाखेरि नै बोलेको पनि उनले स्मरण गराए । आफू सांस्कृतिक राष्टवाद भएकोले कसैले हिन्दूवादी भनेर भन्दापनि आपत्ति नहुने सुवेदीको भनाई छ ।

छिमेकी देश भारतले नेपालमा धर्म्निरपेक्षतालाई हटाउन चाहेको र त्यसको सट्टामा हिन्दूराष्ट बनाउन खोजेको पनि उनले आफ्नो विश्लेषण सुनाए । नेपालको सिस्टमसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्टपति सी जिनपिङ दुवै असन्तुष्ट रहेको सुवेदीको टिप्पणी छ ।

सर्पदंश उपचार सेवा शुरु
नवलपरासी पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो ।

नवलपुरमा सर्पदंशका बिरामी धेरै हुने गरेकाले गण्डकी प्रदेश सरकारले सर्पदंश उपचार सेवा केन्द्र निर्माणका लागि बजेट विनियोज गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारबाट रु ४० लाख सर्पदंश उपचार केन्द्र निर्माण तथा सेवा शुरु गर्नका लागि बजेट विनियोजन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गोपाल खनालले बताउनुभयो ।

हाल अस्पतालको आकस्मिक कक्षबाट सर्पदंशको उपचार सेवा शुरु गरेको अध्यक्ष डा खनालले बताउनुभयो । उहाँका अनुसार प्रदेशबाट प्राप्त बजेटबाट सर्पदंश कक्ष स्थापनासहित उपचारका लागि जनशक्ति तयार गर्न तालीम प्रदानलगायतका कार्य गरिनेछ । हाल अस्पतालमा रहेको चिकित्सकलाई तालीम प्रदान गरी सर्पदंश उपचार सेवा शुरु गरिएको छ ।

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने भेनम जनस्वास्थ्य कार्यालयबाट माग गरिएको अध्यक्ष डा खनालले बताउनुभयो । अस्पतालमा ५० भायल एन्टि स्नेक भेनम माग गरिएको छ । तत्कालका लागि सर्पदंशको उपचार गर्दै आएको कालीगण्डकी सामुदायिक अस्पतालबाट भेनम ल्याएर उपचार शुरु गरिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र पहाडी क्षेत्रको बौदिकाली गाउँपालिकाको डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा सर्पदंश उपचार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको थियो । डेढगाउँमा पनि चाँडै उपचार शुरु गर्ने तयारी गरिएको छ ।

नवलपुरमा विषालु सर्पको टोकाइका कारण समयमा उपचार नपाएर वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् । जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु भएसँगै सर्पदंशका बिरामीको उपचारका लागि सहजता हुने अस्पतालका अध्यक्ष डा खनालले बताउनुभयो । पहाडी क्षेत्रमा हुने सर्पदंशको घटनामा समयमा उपचार पाउन नसक्दा धेरैले ज्यान गुमाउँदै आएका थिए ।

डेढगाउँमा स्थापना गरिने सर्पदंश उपचार सेवा केन्द्रले पहाडी क्षेत्रका सर्पदंशका बिरामीको उपचारका लागि धेरै सहजता हुने स्थानीय वीरबहादुर बिसीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पतालमा शव परीक्षण सेवासमेत शुरु गरिएको छ ।

कृषि उपज बिक्री केन्द्र निर्माण
कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको छ । नवलपरासी पूर्वनवलपुरको देवचुली नगरपालिकामा कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको हो ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको रु २४ लाख, देवप्रगति बहुउद्देश्यीय सहकारी संस्थाको रु चार लाख २७ हजार ७८४ र अन्य सहयोग गरी रु २९ लाख १४ हजार ५०३ को लागतमा कृषि उपज बिक्री केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष हुकुमबहादुर सुवेदीले जानकारी दिनुभयो ।

देवचुली नगरपालिकासहित जिल्लाका पहाडी क्षेत्रका कृषकलाई आफूले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरणमा सहयोग पुगोस् भनेर बिक्री केन्द्रको भवन निर्माण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

उपज केन्द्रमा कृषि चौतारीका रुपमा केही मापदण्डअनुसार कृषकलाई आफ्नो उपज बिक्रीका लागि सोहीअनुसार निःशुल्क उपलब्ध गराइने कृषि शाखा देवचुली नगरपालिकाका नरेन्द्र भण्डारीले बताउनुभयो । बाँकी रहेका स्थानका लागि निश्चत शुल्क लिएर कृषकलाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।

जिल्लाका पहाडी क्षेत्रको बजार आवतजावत गर्ने मुख्य मार्गमा पर्ने भएकाले सो क्षेत्रका कृषकलाई उपज बिक्री केन्द्र लाभदायी हुने अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अम्रिसो, सुन्तला लगायतका कृषि उपजको बजारीकरणका लागि उचित स्थान नहुँदा किसानले सस्तोमा बिक्री गर्नु परिरहेकाले यसको स्थापनाले किसानले बजारमा भण्डारण गरी सोही स्थानबाट बिक्री गर्ने सक्ने हँुदा कृषकलाई लाभ पुग्ने छ ।

सहकारीले कृषि उपज बिक्री केन्द्रसहित शित भण्डार र बीउ बैंकसमेत स्थापना गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष सुवेदीले बताउनुभयो । रैथाने प्रजातिका बीउ हराउँदै जान थालेको भन्दै यसको संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?