ज्यानको खतरा बढेपछि राजापाक्षे सैनिक अखडामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
ज्यानको खतरा बढेपछि राजापाक्षे सैनिक अखडामा

सारांश

  • सुरक्षा खतरा बढेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई एयर लिफ्टबाट नौसैनिक अखडामा पुर्याइएको छ ।
  • उनलाई परिवारसहित सुरक्षा दिएर राखिएको खुलाइएको छ ।
  • श्रीलंकाका रक्षामन्त्री कमल गुणरत्नेले बुधबार सञ्चारमाध्यमलाई राजापाक्षेलाई त्रीन्कोमाली नौसैनिक अखडामा सुरक्षा दिएर राखिएको जनाएका छन् ।

सुरक्षा खतरा बढेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई एयर लिफ्टबाट नौसैनिक अखडामा पुर्याइएको छ । उनलाई परिवारसहित सुरक्षा दिएर राखिएको खुलाइएको छ ।

श्रीलंकाका रक्षामन्त्री कमल गुणरत्नेले बुधबार सञ्चारमाध्यमलाई राजापाक्षेलाई त्रीन्कोमाली नौसैनिक अखडामा सुरक्षा दिएर राखिएको जनाएका छन् । श्रीलंकामा अवस्था सामान्य बनेपछि राजापाक्षेलाई चाहेको स्थानमा लगिने बताइएको छ ।

राजापाक्षेले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति र सन् २०१९ पछि प्रधानमन्त्री भएका थिए । उनले सोमबार पदबाट राजीनामा दिएका थिए ।

श्रीलंकामा आर्थिक संकट गहिरिएपछि प्रदर्शनहरु हिंसामा परिणत भएका थिए । राजापाक्षेको पुख्र्यौली घर प्रदर्शनकारीले जलाएका थिए । हिंसा भड्कदा सत्तारुढ दलका सांसद समेत मारिएका छन् ।

पूर्वाधार विकासका लागि श्रीलंका ठूलो ऋणमा फसेको छ । यसले पनि आर्थिक संकट बढाउन भूमिका खेल्यो । श्रीलंकामा खाद्य संकट नै परेको छ । इन्धनको अभाव भएको छ । जनतामा आक्रोश बढेको छ ।

विगतका नायक सावित भएका राजापाक्षे खलनायकमा परिणत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?