बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण

सारांश

  • एजेन्सी ।
  • फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् ।
  • भारतीय सञ्चार माध्यमका अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

एजेन्सी । फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।मधुको आत्महत्याको वास्तविक कारण थाहा नभएपनि मधु प्रकाशको जीवनशैलीका कारण निकै तनावमा भएको र श्रीमानको सहकर्मीसँग अफेयर चलिरहेको शंकाका कारण उनले यस्तो कदम उठाएको हुनसक्ने बताइएको छ ।

रिपोर्टका अनुसार मधुको व्यवहारका कारण दम्पत्तिबीच निकै झगडा हुने गर्दथ्यो । मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए र पछि टिभी शोको सुटिङका लागि बिहान करिब १० बजे घरबाट निस्किएका थिए ।

भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ ।

पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ र मधुको बयान लिइसकेको छ । भारतीको शव पोष्ट मर्टमको लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Television and bollywood who flaunted their baby bump in style!
Television and bollywood who flaunted their baby bump in style!
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
गगन जंगिएपछि देउवाले गरे बैठक स्थगित,आज के हुदै छ कांग्रेस केन्द्रिय समितीमा?
विमानको नयाँ रुट परमिट दिन भारत सकारात्मक
विमानको नयाँ रुट परमिट दिन भारत सकारात्मक
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
प्रधानमन्त्रीले ओलीको सुवास नेम्वाङ र योगेश भट्टराईसँग गोप्य भेट
प्रधानमन्त्रीले ओलीको सुवास नेम्वाङ र योगेश भट्टराईसँग गोप्य भेट
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

तपाईंले छुटाउनुभयो कि?